बले र कक्रोज सोलमारी जान्छु भन्दै गायक बने(भिडियो)

Loading...
हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन् । सोलमारी जान्छु बोलको गीत गाउँदै उनीहरुले गायन यात्रा सुरु गरेका हुन् ।bale kakroj
हाँस्य टेलिश्रृंखला भद्रगोलबाट चर्चामा रहेका उनीहरुले सोहि पात्रलाई केन्द्रित गर्दै गीत गाएका छन् । गीतका शब्द हरि निरौला आफैँले लेखेका हुन् भने गीतको म्युजीक भिडियो पनि आफैले निर्देशन गरेका छन् ।
भिम बिसीको संगीत भरिदिएकाले कलाकारीता सँगै गीत गाउने रहर पनि पुरा गरेको उनीहरुले बताएका छन् । भिडियोमा बले, कक्रोजसँगै एलिसा राई र यम्जोङ शेर्पा देखिएका छन् ।
सरोज ओलीको प्रस्तुती रहेको गीतको म्युजीक भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने दिपक एम सिंहको कोरियोग्राफी, रञ्जन न्यौपानेको सम्पादन छ ।
Loading...
Share on Google Plus