.

अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाको मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न

सुन्दर पन्थी, कोरिया
अर्घाखाँची साप्ताहिक

"प्रबासीभूमिमा हाम्रो एकता सबै जिल्लाबासी हरुको प्रतिबधता" भन्ने नारा सहित हामी सम्पूर्ण अर्घाखाँचीबाशीहरु प्रदेशमा  एक आपसमा दुख सुख साट्नको लागी बिदेशी भूमि कोरियामा भोगेको दुखलाई पनि केहि हद सम्म सुखको अनुभुती गराउन  सम्पुण अर्घाखाँचीबाशीहरुलाई आफ्नोपनको महसुस गराउने  उदेश्यका साथ  आयोजना गरियको  मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न भएको छ। 

जुन कोरियाको रमणीय क्षेत्र उइदोमा २ दिनसम्म  मनोरञ्जन गर्दै त्यस ठाउको शितलतालाइ आनुभब गर्दै भब्य रुपमा उक्त कार्यक्रम सम्पन्न भएको छ जसमा  सम्पुण साथीहरु  लगायत  NRN कोरियाका अध्यक्ष राजु क्षेत्री अनि रुपन्देही सम्पर्क समाजका अध्यक्षहरि गौतम लगायत अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाकाभू पु  अध्यक्षहरु संस्थापक सदस्यहरु साथै  वर्तमान अध्यक्ष युबराज पाण्डे सहित  समितिका सम्पूर्ण पदाधिकारी आयोजक सम्पूर्ण परिवार सहित  खेलाडी साथीहरु  गायककार मिडियाका साथीहरु दाजुभाई सहित सहभागी भइ उक्त कार्यक्रम  भब्य रुपमा सम्पन्न भएको छ। 

Loading...
Share on Google Plus