.

पत्नी/प्रेमिकालाई मन्त्री बनाउने खेल! देउवाकी पत्नी आरजु को मन्त्री बन्ने रहर !

समानुपातिक सभासदको सुविधाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई सभासद बनाएका नेताहरुको फेरी अर्को स्वर्ण युग आउन लागेको छ । विभिन्न पार्टीका नेताहरुले श्रैमती, प्रेमिका, साली तथा नातेदारहरुलाई समानुपातिबाट सभासद् बनाएका थिए। नयाँ संविधान बनेसँगै ती सभासदहरु सांसदमा परिणत भएका छन् भने अब श्रीमती सांसदहरु चाहिँ मन्त्रीमा परिणत हुने तरखरमा लागेर पति र प्रैमीहरुलाई बसीसख नण्ठी सुखको अवस्थामा पुर्याएका छन् ।

नयाँ गठबन्धन सरकारका पर्दापछाडीका सारथी हुन भने शेरबहादुर देउवा । देउवाकी पत्नी आरजु देउवा पनि सांसद छिन् । यसपटक उनले मन्त्री बन्ने रहर गरेकी छिन्। देउवा पत्नीको रहर पूरा गरिदिनुपर्नेछ माओवादीका भावी प्रधानमन्त्री प्रचण्डले । आरजुले यसपटक मन्त्री बन्न असाध्यै रहर गरेको बुझिन्छ र देउवालाई पनि सरुवा रोग झैं पत्नीको रहर सरेको कांग्रेसभित्र चर्चा छ ।

यसको अर्थ हो– तारतम्य मिल्यो भने आरजु देउवा अब मन्त्री बन्नेछिन्। त्यसैगरी राजेन्द्र महतोको पत्नी शैलीदेवी महतो पनि मन्त्री बन्ने पक्कापक्की जस्तै छ। सद्भावना पार्टीका नेता कार्यकर्ताहरु भन्दैछन्,– हाम्रो पार्टीलाई मन्त्रीपद मिल्यो भने शैलीदेवी मन्त्री बन्छिन्, अरुको पालो त्यसपछि । आफैं सांसद नभएकाले पत्नी शैलीदेवीको नाममा राजेन्द्र महतोले कुनै मन्त्रालय सम्हाल्न लागेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
Loading...
Share on Google Plus