महिलाहरु साउनमा सोमबारको व्रत किन बस्छन् ? व्रत बस्दा ध्यान पुर्याउन यस्तो गर्नुहोस ?

Loading...
साउनमा सोमबारको व्रत महिलाहरु किन बस्छन् ?
भगवान् शिवको पूजा बाला चतुर्दशी, मंसिर संक्रान्ति, माघे संक्रान्ति, अक्षय तृतीयाजस्ता अवसरमा गरिन्छ । तैपनि महिनाभरि नै शिवको पूजा हुने महिना साउन मात्र हो । विवाहितहरू श्रीमानको दीर्घायु, परिवारको सुख, शान्ति एवं प्रेमका निम्ति सोमबार व्रत बस्छन् भने अविवाहितहरू असल श्रीमान् पाउने उद्देश्यले । साउने सोमबार विद्याका लागि पनि शुभ हुन्छ । साउन महिनाको राशि कर्कटको मालिक चन्द्रमालाई मानिन्छ ।
चन्द्रमा भगवान् शिवको शिरमा बस्ने भएकाले, सोमबार व्रत बसी चन्द्रमालाई खुसी बनाउन सके मानसिक शान्ति तथा पारिवारिक सुख प्राप्त हुने विश्वास गरिन्छ । साउने सोमबारको व्रतले व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रिने विश्वास छ ।
Captureव्रत बस्दा ध्यान पुर्याउन यस्तो गर्नुहोस ?
साउन महिनाभर फलफूल, दूधजस्ता पोसिला खानेकुरा बढी खानुपर्छ । व्रत बसेको छु भन्दैमा दिनभर आलस्य हुने गरी केही नखाई बस्दा भगवान् खुसी हुन्छन् भन्ने मान्यता त्याग्नुपर्छ । त्यसैले व्रत बसेका बेला पनि आफ्नो शरीरको आवश्यकता हेरेर आवश्यक खानेकुरा खानुपर्छ ।
स्वास्थ्यका दृष्टिकोणले हप्ताको एक दिन व्रत बस्नु शरीरका लागि फलदायी मानिन्छ । हरेक सोमबार व्रत बस्नु धार्मिक मात्र नभै प्राकृतिक एवं स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक हुन्छ ।

  •  साउन महिनामा बढी वर्षा हुने, कीटाणुको संक्रमण हुने हुँदा माछामासु जस्तो चाँडै संक्रमित हुने खाद्यवस्तु नखाएकै बेस हुन्छ । यसैगरी धेरैले यो महिना शरीरलाई उत्तेजित तुल्याउने लसुन, प्याज पनि खाँदैनन् ।
  • यो सिजनमा कहिले प्रचण्ड गर्मी हुने त कहिले झरी पर्ने भएकाले भोकभोकै बसेर व्रत लिनु हानिकारक सावितहुन सक्छ ।
  • साउनमा सोमबारको व्रत चोखोनितो भएर बस्ने चलन छ ।
व्रतमा आहार कस्तो हुनुपर्छ ?
  •  विश्राम गरौं र कागती एवं मह मिश्रित पानी सेवन गरौं ।
  • उपवासका क्रममा अनावश्यक पदार्थ कोलेस्ट्रोलका रूपमा शरीर बाहिर निस्कन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्न अतिरिक्त पानी पिउनुपर्छ ।
  • मौसमी फल वा फलको जुस सेवन गर्नुपर्छ ।
ब्रतमा आहार तालिका यस्तो बनाउहोस् ?
  • बिहान ७–८ बजे १ गिलास पानी, एक चम्चा मह र कागतीको रस ९–१० बजे १ कप चिया, दूध ।
  • मध्याह्न १२– १ बजे सलाद, दही ९१ सय ५० ग्राम, एउटा स्याउ, आधा चुकन्दर तथा एउटा गाजर ।
  •  ४ बजे चिया वा दूध एक गिलास ।
  • साँझ ७– ८ बजे १ गिलास फलको रस ।
Loading...
Share on Google Plus