.

सरकारी कोषमा ३ अर्ब भन्दा बढी रकम तर विदेशमा एक हजार भन्दा बढी नेपाली जेलमै अलपत्र

अर्घाखाँची साप्ताहिक

विदेश जाँदा लिएर खडा गरिएको सरकारी कोषमा ३ अर्ब रकम थुपि्रसक्दा पनि अप्ठेरोमा परेकालाई सहयोग गर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड तयार नहुनु आश्चर्यजनक देखिएको छ । कोषमा नै अनियमितताको आशंका गर्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले समितिनै बनाएको छ ।

वैदेशिक रोजगारमा जानहेरुसँग शुल्क लिएर खडा गरिएको त्यही कल्याणकारी कोषको रकम दुरुपयोगबारे संसदीय छानविन सुरु हुँदै गर्दा विदेशका जेलमा रहेका नेपालीहरु भने ब्लडमनी जुटाएर आफू स्वदेश फर्किन पाउने आशामा छन् । यसअघि पनि थुप्रै नेपालीहरु विदेशका जेलमा ब्लडमनी कुहिरहेका खबर सार्वजनिक भएका छन् ।

साउदी अरेबियामा मात्र ७ नेपालीहरु ब्लडमनी तिर्न नसकेर जेल जीवन बिताउन बाध्य भएको पत्ता लागेको छ । उनीहरु सबै सवारी दुर्घटना मुद्दामा जेल परेका हुन् । कामको सिलसिलामा दुर्भाग्यबस भएका दुर्घटनाका कारण जेल पुग्नुपर्दा उनीहरु आर्थिक अभावकै कारण बाहरि आउन सकेका छैनन्। 

विदेशमा गएका कामदार अलपत्र परेकालाई उद्धार गर्न समेत कोषको रकम खर्च गर्न समेत सरकारले जीब्रो चपाउँदैछ। एसरी आफुले रोजगारीमा जादा जम्मा गरेको पैसा बिदेसमा आईपरेको अवस्थामा काम नलाग्ने हो भने के को लागि जम्मा गरिएको हो त भन्ने प्रश्न सरकार माझ उठिरहेको छ। 

हुनत त्यसरी जेल पारीरहेकाहरुलाई बिदेसमा सामाजिक काम को लागि भनेर खोलिएका संघ संस्था र सहयोगी मान्यजनहरुको हातेमालो ल समाधान हुँदै कयौ को परिवारमा नयाँ जीवन दिन काम गरिरहेका छन। हामी सङ हाम्रो लागि बिदेसमा भईपरी आउँदाका समस्याहरुलाई समाधान गर्नका लागि प्रशस्त धन भए पनि सम्बधित निकाय बाट ठोस् कदन नचाल्दा हजारौ नेपालीहरु जेलमा नै जीवन बिताईरहनु परेको छ। अब मौन हुनुहुदैन उक्त रकमको माग गरेर सबै समस्याको समाधान गर्न जरुरी छ।  

Loading...
Share on Google Plus