.

अर्घाखाँची सेबा समाज कतारको छैठौ नियमित मासिक बैठक सम्पन्न

टेक राज थापा, श्रावण २३  , कतार

अर्घाखाँची सेबा समाज कतारको छैठौ नियमित मासिक बैठक ०५ अगस्ट २०१६ का दिन अध्यक्ष युबराज पाण्डे ज्यूको अध्यक्षतामा केदार नाथ भुसालको सञ्चालनमा अर्घाखाँची बसीहरुको व्यापक उपस्थितिमा बैठक सम्मपन्न गरेको छ। उक्त बैठक ले २१ जुलाई २०१६ का दिन अर्घाखाँची सेवा समाज द्रारा एम्बुलेन्स सहयोगार्थमा भाग्यसाली चिट्ठा कार्यक्रम को समिक्षा गर्दै सो कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्न सुझाब, सल्ला, सहयोग गर्नु हुने सम्पूर्ण कार्यसमितिका साथी हरु, सल्लाकार ज्युहरु सम्पूर्ण बुद्धिजीबी, समाजसेवी, व्यवसायी, पत्रकार, अर्घाखाँची तथा गैर अर्घाखाँची दाजु भाइ तथा दिदि बहिनि हरुमा हार्दिक धन्यवाद प्रस्ताब पारित गरेको थियो।  

उक्त बैठकले देसमा अविरल वर्षापछि आयको बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला प्युठानलाई  प्युठान सेवासमाज दोहा कातारले संचालन गरेको सहयोग अभियानमा क रि ४२२ सहयोग  गरेको थियो भने अर्घाखाँची बागी निबासी असाय मुटुरोगी हिमा खड्कालाई क रि ८३२ सहयोग गरेको छ I अर्घाखाँची सेवा समाज सामाजिक कार्यमा मात्र नभई खेलकुद तथा अतिरिक्त कार्य पनि सहभागिता जनाई रहेको छ।  

यसै सिलसिलामा गत जुलाई २०१६ मा तमु समाज कतारले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता अर्घाखाँची सेवा समाजले सहभागिता जनायको थियो उक्त खेल मा सभागिता जनाउने खेलाडीहरु लाई  हार्दिक कृतज्ञता ज्ञापन गरेको थियो साथै खेलकुद संयोजक बिष्णु छेत्री ज्युलाई धन्यवाद ज्ञापन गर्दै अझ भोलिका दिनहरुमा सस्थाले दिएको खेलप्रतिको जिम्बरी ससक्त बनायर लैजान हौसला प्रदान गरेको थियोI व्यापक रुपमा अर्घाखाँची बसीहरुको उपस्थितिमा अर्घाखाँची सेवा समाजले गरेका सामाजिक कार्य हरुको समिक्षा गर्दै अब आउने दिन हरुमा ससक्त बनायर लैजानु पर्ने मा सबैले जोड दियका थिय। 

कार्यक्रममा प्रथम उपाध्यक्ष्य श्री ठाकुर कुमार परियार बाट स्वागत मन्तब्य तथा सेवा समाजले गरेका गतिबिधि हरुको जानकारी गराउदै सुरु भयको कार्यक्रम सचिब टेकराज थापा , कोसाध्यक्ष रामप्रसाद पराजुली, बिस्नु कुँवर , बोम बहादुर बस्नेत , बिष्णु भुसाल , बलराम पाण्डे लागायत ले आफ्नो मन्तब्य राखेका थिए। 
Loading...
Share on Google Plus