करेन्ट लाग्दा दाजुभाइको मृत्यु

Loading...

बुटवलको कालिकानगरमा हाइटेन्सन लाइनको तार खसेर करेन्ट लाग्दा एकै घरका दुई बालक दाजुभाइको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका २० का गोपाल क्षेत्रीका छोराहरु १० वर्षीय रोहित र ६ वर्षीय रोहनको मृत्यु भएको हो ।

उनीहरु कालिकानगर अभियानपथमा खेलिरहेका बेला दिउँसो एक बजेर ५० मिनेट तिर तार खसेर करेन्ट लागेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Loading...
Share on Google Plus