जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुग्यो

Loading...
Image result for जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुग्योअर्घाखाँचीको हंशपुरमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । घटनास्थलमा ९ जना र सन्धिखर्कमा उपचारको क्रममा थप दुई जनाको ज्यान गएको हो ।

कच्ची तथा उकालो सडक रहेको घटनास्थलबाट जिप करिब ७ सय मिटर तल खसेको बताइएकोे छ । दुर्घटनामा परी जिपका मालिक किमडाँडाका नारायण रानाको पनि मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा अधिकांश हंशपुरका रहेका स्थानीय रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा हंशपुरका रामबहादुर घर्तीमगर, हुमबहादुर राना, भीम केसी, मीनबहादुर केसी र देवबहादुर थापा रहेका छन् ।
त्यसैगरी, धारापानीकी कमला पौडेल, पुर्कोटदह गुल्मीका भेषबहादुर थापा, गुल्मी भनभनेका बुद्धिराम परियार, बाङ्गेमोरट प्युठानका शोभा रोकामगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग१ज ४८७८ नम्बरको जिप अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँदीकोट जाँदै गर्दा दिउँसो सवा तीन बजेतिर पोष्टापाटको भीरबाट तल खसेको थियो । दुर्घटनामा परि घाइते भएका चार जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने दुई जनाको अर्घाखाँचीमै उपचार भैरहेको बताइएको छ । जीपमा १९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
Loading...
Share on Google Plus