.

जिल्ला प्रशासन कार्यलय अर्घाखाँची ले ३१ भन्दा बढी दुकानमा अनुगमन गर्‍यो, टन्नै खाध्यान्न जफत

राजु खडका 

मेला पर्वाको आगमन संगै जिल्ला प्रशासन कार्यलय अर्घाखाँची ले आफ्नो बजार अनुगमन कार्य तिब्र बनाउदै आएको छ। अस्तो भर्खर मात्र सयौ लिटर लोकल मदिरा को साथै जोख्न प्रयोग गरिने काटाहरु जफत गरिसकेको छ। 

सो कामलाई निरन्तर दिदै बजार अनुगमन अाज मिति २०७३/०५/ १४ गते सन्धिखर्क चुत्रावेशी बजारमा ३१ भन्दा बढी पसल अनुगमन गरी तल  विभिन्न अखाद्य पदार्थ जफत, तौलकाँटा कानून बमोजिम संचालन गर्न र होटल सफा गर्न चेतावनी दिएको जानकारी सहायक सि डि ओ चिरन्जिबी घिमिरे ले आफ्नो फेसबुक मार्फत जानकारी दिनु भएको छ। 

साथै उहाले अाम उपभोक्ताहरूले खाध्य पदार्थ खरिद गर्दा गुणस्तर र उपभोग गर्ने समय बारे जानकारी लिएर मात्र उपभोग गर्न अनुरोध छ । अाम उपभोक्ताले तौल र सामान खरिद गर्दा ध्यान दिनु जरूरी छ ।
Loading...
Share on Google Plus