.

११ सुरक्षाकर्मीसहित ५२ जना सहिद घोषणा

सरकारले मधेस आन्दोलनमा मारिएका ११ सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई प्रतिपरिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले मधेस आन्दोलनमा मारिएका ४१ जना सर्वसाधारण र ११ जना सुरक्षाकर्मीलाई उक्त रकम क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता राम कार्कीले ४१ जना मधेस आन्दोलनमा मारिएका सर्वसाधारण र ११ जना सुरक्षाकर्मी गरेर ५२ जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिएको बताए । उनले भने, 'हामीले ४१ जना सर्वसाधारणलाई सहिद घोषणा गरेका छौं र यसअघिको सरकारले ११ जनालाई सहिद घोषणा गरिसकेको थियो । यी सबैलाई जोडेर ५२ जनालाई क्षतिपूर्ति रकम दिने निर्णय गरेका छौं'। 

बैठकले मधेस आन्दोलनमा मारिएका ४१ जनालाई सहिद घोषणा गरेको छ । केपी ओली नेतृत्वको सरकारले ११ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरिसकेको थियो ।

Loading...
Share on Google Plus