मधेसी मोर्चाका नेताले गरे एमालेको प्रशंसा, शाह भन्छन्- स्वागतयोग्य कदम

absik-partap-sahaकाठमाडौं, १८ साउन । केपी शर्मा ओली नेतृत्वको सरकारको अवसान पछि नेपाली कांग्रेस र मधेशी मोर्चाको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नया सरकार बन्ने निश्चित भएको छ ।
साउन १९ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा प्रचण्डको पक्षमा स्पष्ट बहुमत आउने देखिएको हो । तर, प्रचण्डसँग भिड्न नेकपा एमालेले उम्मेदवार छानेर तयारी अवस्थामा राखेको छ ।
एमालेबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्रीको निर्बाचनमा प्रचण्डबिरुद्ध उम्मेदबारी दिने लगभग निश्चित भएको हो । यो निर्णयपछि मधेसी मोर्चाका एक नेताले एमालेको प्रशंसा गरेका छन् ।
हिजोमात्रै रिपोर्टस क्लवको साक्षात्कारमा एमाले नेता रबिन्द्र अधिकारीले नेम्वाङ एमालेको उम्मेदवार बन्ने घोषणा गरेका थिए । अधिकारीको घोषणासंगै राजनीतिक बृतमा यसले निकै चर्चा बटुलेको छ ।
चर्चा परिचर्चा चलिरहेकै समयमा सघीय समाजबादी फोरम नेपालका उपमहासचिव एवं सांसद अभिषेक प्रताप शाहले एमालेको यो कदमलाई स्वागतयोग्य भनेका छन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन- ‘नेकपा एमालेले सुवास नेम्बाङलाई प्रधानमन्त्रीको उम्मेदबार बनाएर एमाले बाहुनबादको चंगुलबाट बाहिर निस्केको प्रमाण दिएको छ ।’ नेता शाहले आउने दिनमा एमालेले मधेशी लगायत सम्पूर्ण उत्पीडितहरुको हकमा पनी ठोस निर्णय लिने विश्वास लिएका छन् ।
source: dainiknepal
abhisik-statush
Loading...
Share on Google Plus