अचम्मको बस, जसको मुनी पनि गुड्छन् अन्य सवारी(भिडियो)

एजेन्सी । चीनले एउटा यस्तो बस सार्वजनिक गरेको छ जसको मुनीबाट अन्य साना सवारीहरु गुड्छन् ।
झट्ट हेर्दा पत्यार लाग्दैन तर आगामी भविष्यको प्रविधि जस्तो देखिएपनि चीनले विकास गरेको ‘स्ट्राड्लिङ बस’ले हेबेइ प्रान्तमा परिक्षण यात्रा सुरु गरेको छ ।
जसको उचाई दुई मिटर अग्लो, ७२ फिट लामो र २५ मिटर चौडा छ । विद्युतबाट संचालन हुने बसको मुन्तिर कारहरु लगायतका साना गाडीहरु गुड्न सक्छन् ।
६० किमी प्रति घन्टाको रुफ्तारमा दौडन सक्ने बसले एकसाथ ३ सय यात्रु बोक्न सक्छ ।

Loading...
Share on Google Plus