पूर्व मन्त्री गोरे बहादुर खपाङ्गीको निधन

Loading...
काठमाडौं, भाद्र १२ – पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ । उपचारको क्रममा काठमाण्डौ बाँसबारीको न्युरो अस्पतालमा ७० वर्षको उमेरमा उहाँको निधन भएको गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापा (पचभैया)ले जानकारी दिनुभयो ।
शनिबार दिउँसो ४ बजे पिसाब बन्द भई ज्यान सुन्निएपछि उहाँलाई अस्पताल लगिएको थियो । अस्पतालबाट सामान्य उपचार पछि खपाङ्गीलाई उहाँको निवास ललितपुर नख्खुदोबाटो लगिएको थियो ।
फाउण्डेशनका अध्यक्ष थापाका अनुसार घरमा ल्याएपछि समस्या भएपछि फेरि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको शनिबार बेलुकी १० बजेर २२ मिनेट मा अस्पतालमै निधन भएको हो । २०५९ साल भदौ २२ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी  ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बन्नुभएको थियो । 
२०७० साल बैशाख १२ गते काठमाडौं राष्ट्रिय सभागृहमा भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले ठक्कर दिएको  थियो । दुर्घटना लगत्तै अर्धचेत हुनुभएका पूर्व मन्त्री खपाङ्गीको अन्नपूर्ण न्युरो अस्पतालमा पहिलो शल्यकृया गराईएको थियो । शल्यकृयापछि पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उहाँलाई सिंगापुर लगेर थप उपचार गरिएको थियो । दुर्घटना पछि नै उहाँ बोल्न र चल्ल समेत नसक्ने हुनुभएको थियो । 
वि.सं. २००३ साल साउन २५ गते थाक्ले उदयपुरमा बाबु अमृतबहादुर र आमा पद्ममायाको कोखबाट जन्मिनुभएका गोरेबहादुर नेपाल मगर संघको सँस्थापक हुनुहुन्थ्यो । २०४८ सालदेखि निरन्तर ४ कार्यकाल मगर संघको अध्यक्ष बन्नुभएका खपाङ्गी मन्त्री छँदा राजाको हातबाट टिका लगाएको भन्दै सर्बत्र आलोचित हुनुभएको थियो । नेकपा मालेबाट राजनीतिमा प्रवेश गर्नुभएका खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुतिm पार्टीका सँस्थापक महासचिब हँुदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । 
राजनीति शास्त्रमा एमए उर्तिण खपाङ्गी २०४२ सालमा राष्ट्रिय शिक्षक संगठनको सस्थापक सदस्य हुनुहुन्थ्यो । प्रखरवक्ताको रुपमा परिचित खपाङ्गी पञ्चायतकालमा १४ महिना जेल पर्नुभएको थियो ।  उहाँको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने तयारी छ ।
Loading...
Share on Google Plus