.

सन्धिखर्क नगरपालिकाको नयाँ भवन २ करोड ४० लाखमा बन्यो

अर्घाखाँची साप्ताहिक 

अर्घाखाँची  जिल्ला सन्धिखर्क नगरपालिका को आफ्नो भवन को उदघाटन आज गरएको छ। उक्त नयाँ भबनको उदघाटन सन्धिखर्क २ निवासी पंण्डित जिबलाल चुँदाली बाट बैद्दिक मन्त्रोउच्चारण गरि उदघाटन गरिएको छ ।

२ करोड ४० लाखको लगानिमा निर्माण भएकोे नयाँ भवनबाट सम्भवत आइतबारदेखि सेवा ग्राहीले सेवा पाउने नगरपालिकाका कार्यकारी प्रमुख रामजी जोशिले बताए ।

सो भवनमा सभाहल सहित १० कोठा, तीन सटर रहेका छन। यो ठाउँमा रहेको कार्यालय बाट अन्य कार्यालय नजिक पर्ने भएकाले सेवाग्राहिलाई सजिलो हुने अनुमान गरिएको छ ।
Loading...
Share on Google Plus