.

कतारमा २५ हजार नेपाली खल्लि बल्ली भएर बसेकाहरुको लागि सुबर्ण अबसर

कतार सरकारले कम्पनी छाडेर भागेर काम गर्दै आएका आप्रबासी कामदारको लागि आममाफी खोलेको छ । यस्ता कामदारहरु अब बिनासजाय आफ्नो देश जान पाउने भएका छन् ।कतारको आन्तरिक मन्त्रालयले बुधबार सूचना जारी गर्दै गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रबासीहरु कामदारलाई स्वदेश फिर्ने बाताबरण बनाएको जनाएको छ । यो १२ बर्षपछि खुलेको हो । आममाफी आउदो सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म लागू हुनेछ ।

कतारमा झन्डै चार लाख नेपाली कार्यरत रहेकोमा करिब ३ लाख ७५ हजार जना नेपालीले आबासीय अनुमति लिएर बसेका छन् । गैरकानुनी कामदाकारे संख्या एकिन नभए करिब १५ देखि २० हजार नेपाली रहेको अनुमान गरिएको छ ।

नेपाली दुताबासका अनुसार त्यस हैसियतमा भएकाहरु स्वदेश फिर्नका लागि दैनिक २० देखि ३० जना सहजीकरणको लागि दुताबास आउने गरेक छन् ।
कान्तिपुर बाट 
Loading...
Share on Google Plus