पाल्पामा भेटियो किङ्ग कोब्रा, संरक्षण गर्न माग, स्थानीय बासिन्दाले गरे पूजा

Loading...
 पाल्पा, साउन १८ –
http://enamasteenepal.blogspot.com/दुई महिना अघिदेखि अर्गली पाल्पामा देखिएको विश्वकै लामो बिषालु सर्प राजगोमन (किङ्ग कोब्रा)को संरक्षण गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । वडा नम्बर ९ कमलपोखरीको घना जंगलमा भेटिएको राजगोमन अतिसंकटापन्न जिवमा पर्छ । राजगोमन अतिसंकटापन्न जिवमा पर्ने सर्प संरक्षण अभियानमा लागेको संस्था हिमालयन नेचरका कुल बहादुर थापाले जानकारी दिनुभयो । नेपालीमा नागराज भनिने (राजगोमन) लाई नागपञ्चमी लगायत बिभिन्न अवसरमा नागको रुपमा पूजा गर्ने चलन छ । घना जंगल र पानीको स्रोत नजिक बस्न रुचाउने राजगोमनको प्रमुख आहारा अन्य साना सर्पहरु हुन् । त्यसैले यसलाई सर्पको राजा र अंग्रेजीमा किङ्ग कोब्रा भनिन्छ ।


 विश्वमा राजगोमन एक मात्र सर्प प्रजाति हो जसले गुण बनाएर अण्डा पार्छ र अण्डाबाट बच्चा नकोरलिँदासम्म रक्षा गर्छ । सर्पका सोधकर्ता कुल बहादुरका अनुसार राजगोमनले पाल्पामा पनि आफ्नो अण्डाको रक्षा गरेर बसेको हो । तर यसको २६ वटै अण्डा केही केटाहरुले फुटाइदिएको स्थानीय लेखनाथ पाण्डेले जानकारी दिनुभयो । राजगोमनले एक पटकमा २० देखि ५१ वटासम्म नरम खोल भएको अण्डा पार्न सक्छ । तर यि सबै अण्डाबाट बच्च कोरलिदैन । कोरलिएका मध्ये धेरै त सानैमा मर्छन् वा सिकारीद्धारा मारिन्छन् । त्यसैले निकै कम मात्रै बयस्क अवस्थामा पुग्छन् ।

 नेपालको तराईदेखि उच्च पहाडी क्षेत्रको ३५ सय मिटर उचाइसम्म राजगोमन भेटिएको छ । सधैँ घरका भित्तामा चित्र टासेर पूजा गरिने नागराज चारधाम मध्येको एक रिडिधामको रिशिकेश्वर मन्दिरको शिरको जंगलमा भेटिएपछि स्थानीय बासिन्दाले भगवान ठानेर पूजा गर्न थालेको सागर पाण्डेले बताउनुभयो । भगवान शिवले घाँटीमा बेरेर हिड्ने नागराजको गिता र पुराणमा समेत महत्व उल्लेख गरिएको छ । बिषालु अन्य सर्प र मानिसलाई रोग सार्ने मुसाको नियन्त्रण गर्ने सर्पहरुकै संरक्षणले जैविक एवं पर्यावरण सन्तुलन कायम राख्ने र धर्म सँस्कृतिको संरक्षण गर्ने भएकाले राजगोमनको संम्बन्धित निकायले संरक्षण गर्नुपर्नेमा अर्गलीबासीले आग्रह गरेका छन् ।
Loading...
Share on Google Plus