.

६ जना प्रहरी पठाएर प्रशासनले स्थानीयको आखाँमा छारो हालेको स्थानीयको भनाई


अर्घाखाँचि जिल्ला सन्धिखर्क नगरपालिका २ र ९ कुँरमा लामोसमयबाट बाँघको आक्रमणबाट मानिसले नै ज्यान गुमाउने र धेरै घाइते भएपछि आज कुँरका स्थानीयले प्रशासनमा सुरक्षाको प्रत्याभुति दिलाउन भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत राज्यलाइ दबाब दियो !अनि प्रहरीलाई  चितुवाँ मार्ने स्विकिर्ति दियो राज्यको माथिल्लो निकायले! स्थानीयले भने आर्मि नै परिचालन गरेर चितुवाँ मार्नुपर्छ भन्ने  पक्षमा भएपनि प्रशासनले स्विकिर्ति नदिएपछि स्थानीय चितुवाँ मार्न भन्दै प्रहरी हिड्न भन्दा अगाडी लागेर गछ्यबजार मर्कामुख गए तर प्रहरीको गाडी आयो ६ जना पुलिस लिएर त्यो देख्दामै स्थानीयले चितुवाँ मर्नेमा शंका गरे ! स्थानियका  ग्रुपलाई एक जना पनि प्रहरी पुग्न गाह्रो भयो  तर पनि स्थानियले आफ्नो ज्यानको प्रबाह नगरी जंगलमा लाठी बोकेरै भएपनि गए केहिले त चितुवाँ देखेर पनि केहि गर्न नसकिएको बताए !

१० मिनेट जति स्थानीयले चितुवाँलाई घेराबन्दीमा राखेपनि प्रहरीले गोलि चलाउन नसक्दा चितुवाँ उम्कन पाएको स्थानीयले आरोप लगाएका छन् ! दुईबटा डाडाँको बिचको ठुलो जंगलमा चितुवाँ मार्न भन्दै आएका ६ जनाको संख्यामा रहेको प्रहरी पनि कहिले यता देखियो कहिले उता भन्दै हिडीरहेको थियो जिल्ला प्रहरी कार्यालयले जम्मा ३ जना प्रहरीलाई मात्र हतियार अरुलाई चाँहि लाठी मात्र दिएर पठाएको थियो यस्तो देखेपछि यहाँका स्थानियले प्रशासनले चितुवाँ मारेर स्थानीयलाई सुरक्षित बनाउन भन्दापनि स्थानीयको तत्कालको आक्रोशलाई मत्थर पार्न यसो गरेको र स्थानीको आखाँमा छारो हालेको भन्दै आक्रोशीत भएका थिए !आज देखिएर पनि चितुवाँ मार्न नसक्नुमा सुरक्षा निकायको नै गम्भिर त्रुटि रहेको स्थानीयको भनाई रहेको छ ! अझैपनि जिल्ला प्रशासनले चितुवाँको आतंक नियंत्रणमा आलटाल गरेर प्रभावकारी कदम नचालेमा अरु कुनै घट्ना घट्न गएमा तेसको सबै जिम्मेबारी सुरक्षा निकायले लिनुपर्ने र अब यहाँका जनताले दिने दबाब सोचेभन्दा गम्भिर प्रकृतिको हुने स्थानीयको भनाई रहेको छ!!!!
Loading...
Share on Google Plus