सोझाको आँखा छल्दै भारतीय झाँक्री, सुन्दर युवतीको ६ महिना उपचार, नराम्रीको छिट्टै


धनुषाको पौडेश्वरमा एक जना भारतबाट आएका झाँक्रीले झारफुक बाट उपरचार गर्ने नाममा गलत क्रियाकलाप गर्ने गरेका छन् । उनले गएको चार वर्षदेखि भुतप्रेत, बोक्सा बोक्सी एवं झारफुकको नाममा गलत धन्धा गर्दै आएको स्थानीय बासिन्दाको आरोप छ । कम उमेरका महिला एवं युवतीलाई झारफुक उपचारको नाममा सम्मोहन गरी गलत धन्धा गर्ने गरेको रहस्य खुलेको हो । जनकपुरदेखि झण्डै ६ किलोमिटर पूर्वमा रहेको पौडेश्वर गाविस ३ स्थित मस्जिदमा भारत, विहार राज्य मधुवन्नी मोतीहारी घर भएका मोहम्मद अमरे आलमले झारफुकले हरेक दुःख कष्ट निको पार्ने भ्रम छरेर सोझा व्यक्तिलार्ई ठग्ने गरेका छन् ।

तीन वर्षदेखि मस्जिदमा मोल्वी भएर बस्दै आएका झाँक्री आलमले भुत, प्रेत, बाँझोपन तथा अन्य दुःख कष्टहरुबाट झारफुक र तन्त्र मन्त्रले मुक्ति दिने गरेको दावी गर्छन् । आलम भएको ठाएँमा झारफुक गराई दुःख कष्ट निको हुन्छ भन्ने सुनेर टाढा गाउँबाट मानिसहरु आउने गरेका छन् । त्यहाँ आउनेहरु अधिकांश अविवाहित महिला हुन्छन् ।स्थानीय बासिन्दाका अनुसार उमेरमा बढी वा त्यति सुन्दर नभएका युवतीलाई एक सातामै झारफुक गरि ठीक भयो भन्दै पठाउँछन् । तर कम उमेरका युवती र सुन्दरी राम्री देखिने महिलालाई ६ महिना सम्म दौडधुप गराउने र बस्न लगाउने गरेका छन् । नाम नभन्ने सर्तमा एक जना स्थानीय बासिन्दाले भने, ‘उपचार गराउन आउने महिलाहरु मध्ये कतिपय घर फर्किन्छन् भने राम्री महिलाहरुलाई त्यहिँ बसेर उपचार गराउन झाँक्री आलमले बाध्य पार्छन् ।’ 

ती व्यक्तिका अनुसार बिरामी नभएका महिलालाई  पनि आलमले मानसिकता बिगारेर आफ्नो बसमा ल्याउँछन् । स्थानीय बासिन्दाका अनुसार कतिपय व्यक्तिहरु ठीक हुने विश्वासले आए पनि आलमको बानी व्यहोरा र चाल चलनले चित्त नमानेपछि बिचमै फर्किन्छन् । सोझा महिलालाई छक्याएर, झुक्याएर त्यही बस्न बाध्य पार्छन् आलम । स्थानीय बासिन्दाका अनुसार केहि दिन अघि मस्जिदको छेउमा रातिको समयमा बसेर तीन चार जना व्यक्तिहरु जाँड रक्सी खाइरहेको बेला स्थानीय बासिन्दाले लखेटेर समाति ती व्यक्तिहरुलाई कुटपिट गरेका थिए । यसले मस्जिद नजिकको वातावरण पनि बिग्रेको अनुमान सजिलै लगाउन सकिन्छ । 

बोक्सी प्रथा, धामी झाँक्री, भुत प्रेत जस्ता अन्धविश्वास र सामाजिक कुरिति विरुद्ध सरकारले कडा कानून बनाई यसमा संलग्न दोषीलाई दण्डित गर्ने व्यवस्था एकातिर गरेको छ भने अर्कोतिर यस्ता प्रथालाई आलम जस्ता धामी झाँक्रीले खुलेआम बढावा दिइरहेका छन् ।आलम भने, ‘मेरोमा भुत प्रेत लागेकाहरु आउँछन् र ठीक भएर जान्छन् ।’ विज्ञानले भुत प्रेत केहि छैन भन्ने भ्रम छरेको आलमको दावी छ । उज्यालो बाट साभार 
Loading...
Share on Google Plus