.

“सप्पै उल्टै उल्टो भएको छ” रामु गैरे

 
जन्मदा खेरी भन्थेरे पण्डितले
यो बालक धेरै भाग्यमानी हुन्छ भनेर
नुवारन गराउदा खेरी भन्थे रे
देश बिदेशमा राम्रो नाम कमाउनेछ
 *के को होस् सबै उल्टै उल्टो भईरा'छ*


भात खुवाउँदा भन्थे रे
कति सन्तोष भएर हाँसिरहेको छ
यस्को जिबनमा सदैब हाँसो छाउनेछ
जिबनमा यसले धेरै सुखी हुने छ
*के को होस् सबै उल्टै उल्टो भईरा'छ*

३ ,४ कक्षामा हुँदा शिक्षकले भन्थे
तिमीले माथिसम्म पढेर
ठुलो नाम कमाउँनेछौ भन्थे
देशमै जागिर गरी नाम कमाउने छौ 
*के को होस् सबै उल्टै उल्टो भईरा'छ*



छ सात क्लासमा हुँदा भन्थे रामु
तिमीलाई तिम्रो दाजु भाउजु
आफन्तको धेरै सहयोग पाउँनेछौ
अनी धेरै पढ्ने छौ
*के को होस् सबै उल्टै उल्टो भईरा'छ*

हात हेराउँदाखेरी ज्योतिषीले भन्थे..
तिमी धेरै भाग्यमानी हुन्छौ बाबु
विवाह गर्दा खेरी बाहुन्ले भन्थे..
तिमी दुइजान सधैभरी सँगसँगै हुनेछौ
*के को होस् सबै उल्टै उटो भईरा'छ*

मेरो चीनामा लेखिएको छ रे
सधैभरी बुवा आमाको सेवा गर्न पाउँछु भनेर
सदैब सङै बसी दु:ख सुखमा साथ दिने छु
भाग्यमानी हुने पनि लेखिएको छ भन्थे
*के को होस् सबै उल्टै उटो भईरा'छ*

 __अस्तु__
रामु गैरे : अर्घाखाँची
हाल : खाडी मुलुक दुबइ
Loading...
Share on Google Plus