तिज सँगै गहनाको लोभमा छोरीको हेरचाह गर्ने साथीको हत्या

Loading...
रुपन्देहीको बुटवल–१३ कालिकानगरमा डेरा गरी बस्ने ४० वर्षकी कमला न्यौपानेको आफ्नै साथीले हत्या गरेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काका अनुसार बुटवल–११ ईंटाभट्टी बस्ने २७ वर्षकी सबिता मल्ल थापालाई पक्राउ गरेपछि कमलाको हत्या नजिककै साथीबाट भएको भन्ने तथ्य खुलेको हो । कमला र सबिता कालिकानगरमा एउटै घरमा डेरामा बस्दा चिनजान भएका साथी हुन् । सबिता एक वर्षअघि मात्रै कमला बस्ने घरबाट ईंटाभट्टीमा डेरा सरेकी हुन । श्रीमान विदेशमा रहेको र बुटवलमा ८ वर्षकी छोरी पढाउने भन्दै सबिता डेरामा बस्दै आएकी थिइन् । उनले बुटवलको एक ब्युटी पार्लरमा काम गर्थिन् । झण्डै एक वर्ष एउटै घरमा डेरामा बसेका सबिता र कमला निकै छोटो समयमा निकट बनेका थिए । 

पछिल्लो समय कमला गरगहना किन्न सबितालाई साथ लिएर जाने गरेकी थिइन् । बस उठ राम्रै थियो, कमलाले घरमा पालेको कुकुर समेत सबिताले आफ्नो घरमा लगेर पाल्ने गर्थिन् । कमलाले सबिताकी छोरीलाई आफ्नै छोरी जस्तो गरी हेरचाह गर्ने गरेको उनका साथीको भनाई छ । सबिताले घरमा लगेको कुकुरले अर्कोदिन रगत वान्ता गरेको थियो । कुकुरले सबितालाई कमलालाई जस्तै व्यवहार गर्दथ्यो । घटना भएको दिनपनि कुकुर छतमा खुल्ला नै थियो । कमलाको साथका रहेका गरगहनाप्रति सबिताको लोभ र गरगहना राख्ने ठाउको ज्ञान नै कमलाको हत्याको प्रमुख कारण रहेको प्रहरीको अनुमान छ ।

आफ्ना सबै कुरा सबितासँग बताउने गरेकी कमलाले आफ्ना श्रीमान काठमाडौं गएको र राति घरमा दाईको छोरालाई बस्न बोलाएको समेत जानकारी दिइकी थिइन् । कमलाका गरगहना माथि निरन्तर आँखा लगाइरहेकी सबिताको लागि कमलाका श्रीमान काठमाडौं जानु उपयुक्त मौका थियो ।‘योजना बनाएर निकै सहज तरिकाले सबिताले कमलाको हत्या गरेको देखिन्छ’ डिएसपी महेन्द्र खड्काले भन्नुभयो । प्रहरीले नजिककै साथी र फोनमा भएको कुराकानीका आधारमा सबितामाथि निगरानी बढाइरहेको बेला कमलाले नै लगाउने गरेका गहना लगाएर फेसबुकमा फोटो राखेपछि सबितालाई पक्राउ गर्न प्रहरीलाई समेत सहज भएको हो । 
कमलाको हत्याको अघिल्लो दिन कालिकानगर पुगेकी सबिता हत्याको ४ दिनपछि त्यहाँ पुगेर साथीको हत्याको दुःखमनाउ गरेकी थिइन् । सबिता कालिकानगरमा रहेकै बेला प्रहरी त्यहाँ पुगेको थियो तर उनी मुखमा चुन्नी लतपताएर त्यहाँबाट उम्केकी थिइन् । त्यसपछि हामीलाई सबितामाथि शंका बढेको हो कमलाका स्थानीय छिमेकीले भनेका छन् ।सबितासँगै प्रहरीले बुटवल–१० का २७ वर्षका किसन गुरुङ्गलाई पनि पक्राउ गरेको छ । तर उनले हत्यामा सम्लग्नतालाई अस्वीकार गरिरहेका छन् । हत्यामा अरुको पनि सम्लग्नका पनि हुनसक्छ भनेर अनुसन्धान तिब्र बनाएका छौं प्रहरीले बताएको छ । तर सबिताले भने आफैं हत्या गरेको स्वीकार गरिसकेकी छन् । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ गोरकट्टा घरभई बुटवल–१३ कालिकानगर परोकारपथमा डेरा गरी बस्ने नित्यानन्द न्यौपानेकी ४० वर्षकी कान्छी श्रीमती कमला न्यौपानेको गएको साउन २७ गते राति डेरामै बक्स पलङ्ग भित्र शव फेला परेको थियो ।  

भवानीप्रसाद पाण्डे/उज्यालो बाट साभार 
Loading...
Share on Google Plus