.

अर्घाखाँची संपर्क समिती को रास अल खिमा क्षत्रिय समिती द्वारा कमल सार्कीलाई आर्थीक सहयोग!


अर्घाखाँची साप्ताहिक 
१९ साउन

दुवै मृगौलामा समस्या भएपछि नेपाल फर्किएका कमल नेपाली (सार्की)को उपचारका लागि गुल्मीको दिगाम गाउँटोलाका कमललाई लाई अर्घाखाँची संपर्क समिती यु ए ई रास अल खिमा समिती युएई ले थप आर्थिक सहयोग आज क्षत्रिय समिती का कोसाध्यक्षा भुवन गैरे ले  कमल सार्कीलाई नगद २७ हजार ९ सय ४० रुपैया हस्तानतरण गर्नु भएको छ। 

२ महिना पहिला उपचार को लागि नेपाल गएका कमलले हप्ता मा २ पटक रगत परिवर्तन गर्ने गरेका छन। अप्रेसन को लागि कारीब १० लाख लाग्ने भएको को घर को स्थिती निकै कामजोर हुँदा अहिले सम्म अपरेशन गर्न नसकेको उहाको दिदी सुमित्रा ले जानकारी दिनु भएको छ। 

शुरुमा नेपाल पठाउदा समेत आर्थिक सहयोग स्वरुप उहालै १९ हजार ५७ रुपैया कमल सार्की कै नाम माधव भुसालको नाम बाट जम्मा गरेको प्रबक्ता बिबस पौडेल ले जानकारी गराउनु भएको छ। 

ढिलाई भए पनि हामीले आर्थिक सहयोग गरी उहाको उपचारमा एक हुने क्षत्रिय अध्यक्ष टामलाल पाण्डे ले जानकारी गराउनु भएको छ भने आफु सक्दो सहयोग गर्न को लागि सम्पूर्णमा माझ उपाध्यक्ष गुन्ज बस्नेत ले अनुरोध गर्नु भएको छ। 
उक्त सामाजिक कार्यमा सहयोग गरेन रास अल खिमा स्थित सम्पूर्ण संघ संस्था र समाजसेवी रेशम ज्यु र सहयोगी सम्पूर्णलाई केन्द्रिय अध्यक्ष राजु खडका धन्यबाद दिदै निरन्तर सामाजिक काम र मानबिय सहयोगमा एक जुट सबैलाई बिशेष अनुरोध गर्नु भएको छ।  
Loading...
Share on Google Plus