.

अफगानिस्तान घटनाका घाइतेको उपचारको ९१ लाख सरकारले व्यहोर्ने

सरकारले गत असारमा अफगानिस्थानको काबुलमा भएको बिस्फोटमा घाइते भएकाहरुको उपचारमा भएको कुल ९१ लाख ६ हजार खर्च ब्यहोर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रीपरिाष्द्को बैठकले घाइतेको उपचारमा भएको सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय गरेको हो । 

अफगानिस्तानको राजधानी काबुलमा असार ६ गते सोमबार बिहानै भएको आत्मघाती बम विस्फोटमा परी १४ नेपालीको मृत्यु भएको थियो । बिस्फोटमा ७ नेपाली घाइते भएका थिए । घाइतेलाई तत्कालै सरकारले उद्धार गरी भारतको नयाँ दिल्लीमा ल्यायर उपचार गर्ने व्यवस्था मिलाएको थियो ।
Loading...
Share on Google Plus