छोरी हत्या आरोपमा बाबु पक्राउ परे पनि परिवारका सबै भागे

Loading...
बालिका छोरीकाे हत्या गरेको आरोपमा पर्सा प्रहरीले बिहीबार बिहान बाबुलाई नै पक्राउ गरेको छ ।पर्साको महादेवपट्टी-३ निवासी शिव मुखिया बिनलाई १४ वर्षकी छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । छोरीको हत्या गरी शिव मुखिया भाग्न लागेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो । 

पिता शिव मुखियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले दिएको जानकारीको आधारमा महादेवपट्टी गाविसस्थित नेपाल भारतबीचको दशगजा क्षेत्रबाट प्रहरीले प्रभाको शव बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

प्रभा कुमारीको शवलाई मुचुल्का गरी सदरमुकाम वीरगन्ज ल्याउने तयारी भएको उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो। प्रभाको हत्या के कारणले भएको हो ? भन्ने बारे अहिलेसम्म केही नखुलेको उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रभाको हत्या बुधबार राति भएको हुन सकिने प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उपरीक्षक श्रेष्ठले बताउनुभयो । घटनापछि शिव मुखिया बिनको परिवारका अन्य सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ । रासस
Loading...
Share on Google Plus