.

झोलामा खसीको टाउको राखेर शाकाहारी भोजन खान सुझाब

राजु खडका अर्घाखाँची

राष्ट्रलाई कुशल नेतृत्वको जरुरत छ भने समाजलाई निस्पक्ष ब्यबहार गर्ने युवाको खाचो हुन्छ । दक्ष जनशक्ती, सीप, अर्थ सबै हुँदा पनि नेपाल आज नेपाली कै व्यबहार र एक अर्कामा समन्वय गरी एकता हुन नसक्नुको कारण दिनानुदिन पछी धकेलिरहेको रहेको छ । चाहना राम्रो गर्ने भन्दापनि कसरी अरुको नजरमा राम्रो बन्ने भन्नेमा प्रतिस्पर्धा गरिरहेका छाैँ । जसको फलस्वरुप देस विदेशमा युवापिढीमै खिचलो आइरहेको छ । 

संसार बिज्ञान र प्रविधिसँगै फड्को मारिरहेको छ तर हामी घरमा छोरो डाक्टर हुँदा पनि धामी झाक्री लाईनै प्राथमिकता दिईरहेका छौ । हाम्रो परम्परामा आधुनिकता ल्याउन जरुरी छ तर कहिले जानेर कहिले बुझेर भन्दा पनि अरुको हातमा आफ्नो भबिष्य खोजेर नै हाम्रो समाज पछी परेको धेरैले महसुश गरिरहेको हुनुपर्छ । 
अर्ती उपदेश जे भएपनि मनमा पाप छ भने त्यसको कुनै अर्थ हुँदैन । त्यसो त हिजोआज दानदिने सहयोग गर्ने फेसन हुँदै गएको छ । त्यो पनि उधारो घोषणा । भिडभाडमा अरुलाई देखाउन भएपनि मन अमिलो गराएर सहयोग गर्नेहरुको हाम्रो समाजमा कमी छैन । 
कहीँ कतै कोही रुँदै बसेको दीन दु:खी असहाय छ भने देखेर पनि नदेखे जस्तै गर्नेहरु २, ४ जना साथीभाई सँगै छ भने उनीहरुको अघि अहमति देखाउन गोजीमा हातहालेर सान्त्वनाका शब्दहरु बर्षाउन बेरनै गर्दैनन् ।
हामी यस्तो समाजको निर्माण गर्दै गईरहेका छौँ जहाँ मानवता भन्दा पनि दानवताको वातावरण खडा गरिरहेका छौँ । स्वास्थ्यकर जीवनको लागि मांशहारी भोजनभन्दा पनि शाकाहारी उचित हो भन्छौँ तर आफ्नो भोजनमा बिना मासु भाग बस्न रुचाउँदैनौँ । 
चाहे राजनीति होस या सामाजिक काम हरेक ठाउँमा माथि उक्लने अबसर हेरिरहेका छौँ । सुझाब(सल्लाहमा जस्तो बोलेपनि व्यबहार १० प्रतिशत पनि हामीले उतार्ने हो भने सिप, धन र दक्षताको आधारमा आज संसार बनाउने नेपालीले किन आफ्नो राष्ट्र बनाउन सक्दैनथे र ।
पीयनको नोकरी देखि डाक्टर सम्म, पढ्न देखि लड्न सम्म यहाँ शक्ती, ज्ञान र लगन भन्दा पनि पार्टीको झन्डा बोक्नेलाई प्राथमिकता दिनु भनेको नेपालको शैक्षिक स्तर पछि पर्नु हो । नेपालका राजनीतिक दलहरुले पनि राष्ट्रको झन्डा संगै पार्टीको झन्डालाई प्राथमिकता नदिनुनै आज आम नेपालीमा सोच बदलिदिएको छ । 
ब्यापारका लागि पैसा, परिवारका लागि माया र राष्ट्रको लागि सच्चाईको आवश्यकता पर्दछ । जहिले हामी सबैले यसरी बुझ्छौँ नेपाललाई न सिगापुर न अमेरिका कसैसँग दाज्नु पर्दैन । त्यतीबेला नेपाल आँफैमा यो लोकमा स्वर्ग जस्तो हुनेछ । तर त्यसभन्दा पहिला झोलामा खसीको टाउको बोकेर अरुलाई शाकाहारी भोजन गर्नुपर्छ भन्ने झुटो सुझावलाई बदल्न जरुरी छ । चाहे त्यो राजनीति होस् या सामाजिक काम नै किन नहोस् ।

लोकप्रियता को अर्थ बोली हैन व्यबहार हुनुपर्छ, सुन्दरताको अर्थ रुप हैन मन हुनु पर्छ, स्वच्छताको अर्थ चाप्लुसी हैन समानता हुनुपर्दछ । सहयोगको भावना मनदेखि हुनुपर्छ । मन्दिर देखे मात्र भगवानलाई याद गर्ने हैन जन्मदिने बाबुआमा लाई देखेर भगवान यिनै हुन भन्ने बुझ्नुपर्छ। युवाको एकता र बिचारको लगनमा राष्ट्रको भविष्य छ । तसर्थ बोलि र व्यबहारमा परिवर्तन नगरौ । यसले हामीलाई मात्र हैन हाम्रा आउने पुस्तालाई समेत असर पार्नेछ । 
Loading...
Share on Google Plus