नेपालमै रेल चढ्ने कुशुमको धोको ?[भिडियाे]

Loading...
आधुनिक गायिका कल्पना कुशुमलाइ यसपालि रेल चढ्न मन लागेको छ । कहिले लेहेंगा त कहिले सारी लगाउन मनलागेकी कुशुलले यो पालीको तीजमा रेलमा सरर पशुपति पगेर शिबजीको दर्शन गर्ने रहर बोकेकी छन् ।
खासगरि युवा पुस्तामा चर्चित बनेकी गायिकाले “शिबजीको दर्शन गर्नी हो” नामक तीज गीत बजारमा ल्याएकी छन् ।
कुसुमको तिजका बेदनाहरुले भरिएको शिबजीको दर्शन गर्नी हो एल्वम म्यूजिक नेपालको यू टुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
kalpanaगुल्मेली चेली कुसुमको गीतमा रेल चढ्ने कुरासँगै गत वर्ष नेपालमा भएका नाकाबन्दीका कुराहरुलाई पनि समाबेश गरिएको छ । तिजको बेला नारीका बेदनाहरुले समेटेर गाउने तथा बस्तुमा तयार भएको गितमा गायिका कल्पना कुसुमको एकल आवाज रहेको छ ।
रुपन्देहीलाईै कर्मथलो बनाएर अघि बढेकी कुसुमले गत वर्षको एल्वमबाट निकै धेरै दर्शक श्रोताबाट मायाँ पाएकोले थप नयाँ एल्वम बजारमा ल्याएको बताईन् ।
अघिल्लो एल्वममा दर्शक श्रोताबाट पाएको मायाँबाट आफुलाई संगित क्षेत्रबाट टाढा नजान बाध्य बनाएको उनले बताइन् । अन्य विधाका गितहरुका एल्वमहरु बजारमा आए पनि गत वर्ष बजारमा आएको तीजको एल्वम उनको पहिलो एल्वम थियो ।
गायिका कल्पनाको सुमधुर स्वरले सजिएको उक्त तीज गीतको शब्द, संगित गितकार एकनारायण भण्डारीले गरेका हुन् ।बुटवलको सुन्दर दृश्य सँगै छायाँङ्कन गरिएको गितमा मोडल रस्मी तामाङ्ग र विवेकराज पाण्डेयले अभिनय गरेका छन् । म्युजिक भिडियो निर्देशन बिष्णु भट्टराइले गरेका छन् ।
Loading...
Share on Google Plus