.

कोरियामा रहेका अर्घाखाँची बासि द्वारा मिर्गौला पिडित लाई ७५ हजार सहयोग

सुन्दर पन्थी, दक्षिण कोरिया,
साउन २४ तदनुसार ८ अगस्त २०१६ 

बिभिन्न पेसा, रोजगार र अध्ययनका लागि दक्षिण कोरिया पुगेका अर्घाखाँची बाशीहरु को साझा चौतारी अर्घाखाँची संपर्क मन्च दक्षिण कोरिया ले दुबइ मिर्गौला पीडित बिर बिक्रम शाही लाई आर्थिक सहयोग स्वरुप रु ७५ हजार पुर्व सचिब ठाकुर भुसालले हस्तानतरण गर्नु भएको छ। 

अर्घाखाँची आवाशीय उच्च मा बि का असल शिक्षक तथा बौधिक व्यक्तित्व  स न पा ११ आपखोला निवासी बिर बिक्रम शाही (बिकाश) को दुवै मिर्गौला मा एक्काशी समस्या देखीएको र अंग प्रत्यारोपण गर्नुपर्ने अबस्था आएको हुँदा आर्थिक स्थिती नाजुक भई बिभिन्न सामाजिक सन्जालमा सहयोग को अपिल गरेको थियो। 

चाहे जिल्लामा होश या परदेशमा होश अरुको दु:खमा हात बढाउने र सामाजिक चेतना फैलाउन सधैं अग्रसर रहेको दक्षिण कोरिया स्थिती अर्घाखाँची बाशीहरु को सुख दु:ख को चौतारी अर्घाखाँची संपर्क मन्च दक्षिण कोरिया का साथीहरु को पनि आर्थिक सहयोगमा अघी बढेर सहयोग गर्नु पर्छ भनी संयोजक पुकार शाह र सह संयोजक सुशील शाहले आर्थिक सन्कलन अभियान शुरु गर्नु भएको थियो। 
  
अर्घाखाँची संपर्क मन्च दक्षिण कोरिया पछील्लो समय यता बिभिन्न कार्यक्रमहरु गर्दै साथीहरु लाई एकजुट बनाउदै अघी बढीरहेको संस्थाका अध्यक्ष युबराज पाण्डेले आफु सक्दो मानबिय सहयोग गर्न पनि कहिल्यै पछी नपर्ने जानकारी गराउदै सम्पूर्णलाई एकजुट हुन समेत अनुरोध गर्नु भएको छ। 

हामी जुटदै छौ अबश्य जुटछौ, जहाँ जस्तो अवस्थामा भए पनि हरेक सुख दु:ख अर्घाखाँची बाशीहरु को अर्को पहिचान एकतालाई निरन्तर दिएर नमुना को संस्था बनाउने मा जोड दिने कोरिया स्थित अर्घाखाँची साप्ताहिकका समाचार दाता सुन्दर पन्थीले जानकारी दिनु भएको छ। 
Loading...
Share on Google Plus