.

दु:खद खबर ! हुम्लामा मकालु एयरको जहाज दुर्घटना - पाइलट र कोपाइलट घाइते

साउन २० 

हुम्लाबाट सुर्खेतको लागि उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ । विमान दुर्घटना भएको आशंका गरिएको छ । हुम्ला विमानस्थलबाट ३ बजेर ४५ मिनेटमा सुर्खेतको लागि उडेको सिंगल इन्जिन भएको विमान उडेको १०/१५ मिनेटमै सम्पर्कविहीन भएको हो ।विमान दुर्घटनामा परेको हुनसक्ने मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विमान हुम्ला जिल्लाको खार्कुनाथ गाविस ३ स्थित कर्णाली नदीमा खसेको हुनसक्ने आशंका गरिएको छ 

विमान दुर्घटनामा परेको खबर प्राप्त भएको र खार्कुनाथ प्रहरी चौकीबाट असहीको कमाण्डमा उद्दारको लागि प्रहरी पठाइएको डिआइजी माधव नेपालले बताउनु भयो ।जहाजमा पाइलट र कोपाइलट मात्रै रहेको पनि क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । जहाजका पाइलट स्याङ्गे लामा भएपनि कोपाइलटको नाम भने खुल्न नसकेको मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी नेपालले जानकारी दिनुभयो ।घटनाको अनुसन्धान भइरहेको छ ।  
उज्यालो बाट सभार
अफडेट 
मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम शर्माका अनुसार विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाइते भएका छन् । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।विमानको इन्जिनमा खराबी आएपछि फोर्स ल्याण्डिङ गराउने क्रममा दुर्घटना भएको हो ।
Loading...
Share on Google Plus