.

पूरुष हिंसा समाज र न्यायलयले नपत्याएरै बाहिर आउदैनन

एका बिहानै पल्लाघरे काकी काकालाई तथानाम भनेर अपशब्द फलाक्दै हुनु हुन्थ्यो । ती अपशब्द सुनी साध्य थिएनन । नामर्दकी स्वास्नी हुनु भन्दा त मर्दकी नोकर्नी हुनु जाती लाछी हुतीहारा आदि आदि । प्राय जसो छिमेकी भएका कारण यस्ता दुर्बचन सुन्नेहरु भन्दै थिए, बिचरा यसलाई सधैंको टोकसो खाको नि जिउमा लाग्दैन । दिनभरि घोटिएर लखतरान भएर आउँछ तर यसले कहिले मन शान्ती पाएन । यो घटनाले आज पुरुष हिंसाका कुरा खोतल्न मन लाग्यो मलाई पनी । आखिर हिंसा त हिंसानै हो चाहे त्यो महिला माथि पुरुषले गरेको होस, पुरुष माथि महिलाले वा कोही माथी कसैले गर्ने हिंसा ।
अधिवक्ता दिपक कुमार बिष्ट
कानून, राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति, मानव अधिकारका घोषणापत्र, धर्म, संस्कृति र संस्कार एवम नेपाली समाजले पुरुषहिंसाका विषयमा खासै चासो र महत्वका साथ हेरेको पाईन्न । केवल महिला हिंसाका कुरालार्इ मात्र समेटेको पाईन्छ । सबै धार्मिक ग्रन्थको दृष्टिकोण महिला प्रति भएको हिंसा तर्फ मात्र ईङ्गित गरेको पाईन्छन् । पुरुष हिंसाको कुरा गर्न पुरुष हिंसाको फिलीङ्ग्सलाई सम्म समेटन सकेको पाईदैन ।

हरेक दिन हामी महिला हिंसाको कुरा गरिरहदा पुरुषमाथि दिन प्रति दिन महिलाद्धारा हुदै गरेको हिंसाका कुरा बिर्सिरहेका हुन्छौ वा त्यस तर्फ हामीहरुको ध्यान पुगेको पाईन्न । पुरुषप्रति हुने गरेको हिंसाका बारेमा उपत्यकाका प्रहरी कार्यालयमा रहेका महिला सेलहरुमा आउने महिला हिंसाका हरेक दश विवादहरु कुनै न कुनै रुपमा दुई देखि चार पुरुष हिंसासंग जोडिएको हुन्छ जसलाई ती कार्यालयहरुले सुल्झाउन सक्दैन ।

शारिरिक हानी-नोक्सानी मात्र पुरुष माथि हुने हिंसा होइन, पुरुषको आत्मसम्मान, आर्थिक दवाब र स्वाभिमान विरूद्ध हुने शारीरिक, मानसिक, यौनगत, एवं सामाजिक दवाबका कुनै पनि कुराहरू पुरुष प्रति हुने हिंसा हुन् ।
शारिरिक हानी-नोक्सानी मात्र पुरुष माथि हुने हिंसा होइन, पुरुषको आत्मसम्मान, आर्थिक दवाब र स्वाभिमान विरूद्ध हुने शारीरिक, मानसिक, यौनगत, एवं सामाजिक दवाबका कुनै पनि कुराहरू पुरुष प्रति हुने हिंसा हुन् । घर व्यवहारमा प्रयोग हुने बोली, बचन र व्यवहारबाट अरूको तन र मनमा चोट र आघात पार्ने काम पनि पुरुषमाथि हुने हिंसा मध्येको हो जो पुरुषले महिलालाई पनी गर्न मिल्दैन । नेपालको कानूनको दृष्टिमा हेर्ने होभने गालि बैइज्जती पनी अपराध र कानून विपरितको कार्य हो ।

नेपाल पनि आधुनिकताको देखासेखीमा यूरोप र अमेरिका भन्दा कम देखिदैन । यहाँ यहि आधुनिकताले गाँजेर पुरुष हिंसाका घटना दिनानुदिन बढ्दो छ घट्दो छैन । तथापी आधुनिकताका नाममा हुने गरेका यस्ता घटनालाई हाम्रो समाज र कानुन पुरुष माथि भएको हिंसा मान्न तयार देखिदैन ।

तथापी आधुनिकताका नाममा हुने गरेका यस्ता घटनालाई हाम्रो समाज र कानुन पुरुष माथि भएको हिंसा मान्न तयार देखिदैन ।
एउटा घटनाः कुनै बिश्वेश्वर (नाम परिवर्तन) नाम गरेका व्यक्ति नेपालमा रोजगारी नपाएर बिदेश बेलायत हान्नीए । बेलायतमा राम्रै काम पनि पाए । गएको तीन चार महिना पछि उनले श्रीमतीका नाममा पैसा पठाउन थाले । श्रीमतीलाइ पठाउदै गए यहाँ घर र जग्गा समेत श्रीमतीका नाममा लिन लगाए ।

पाँच बर्ष पछि घर आउदा श्रीमती पनी छैन आफुले कमाएर पठाएको पैसा घर र जग्गा पनि छैन । नेपाल आएपछि श्रीमतीसँग सम्पर्क गर्न खोज्दा श्रीमती सम्पर्कमा आईनन । उनी बिचल्लीमा परे बिदेशी भूमीमा पसिना बगाएर कमाएको पैसा मात्र होईन बसी बसाएको घर समेत छिन्नभिन्न भयो । अहिले उनी यस बारेमा कानुन ब्यवसायीहरुसँग त्यो सम्पति फिर्ता लिन परामर्श गरिरहेका छन ।

समाजले यस्ता खाले घटनालाई पुरुष हिंसाको घटना मान्न हिच्कीचाएको पाईन्छ । र उल्टै त्यहि पुरुषलाई धारे हात लाउँछ नामर्द कहिको एउटी स्वास्नीलाई पनि चित्त बुझाएर राख्न नसक्ने लगायतका कुराले मानसिक रुपमा यातना दिने बाहेक सान्त्वना दिन जानेको पनि देखिदैन । यस्तो अवस्थामा पुरुष बिचरा निरिह हुनु शिबाय अरु के नै हुन सक्छ ?

योगेश्वर अमात्यले गाएको लोग्नेमान्छे भएर रुनु हुन्न रे भन्ने यो गीतले एकताका राम्रै चर्चा पायो । हाम्रो यो पुरुष प्रधान समाजमा पुरुषहरु जन्मजात बलियो र कठोर मनका हुन्छन् र हुनुपर्छ भन्ने मानिदै आएको आम मानिसको विचारलाई चित्रीत गरेको भएर पनि त्यस गीतले चर्चा पाएको होला सायद ।

उक्त गीतको दृश्यहरुमा संसारका चर्चित पुरुष व्यक्तिवहरुले आँसु झारेको दृश्यले पुरुषमाथि पनि हिंसा वा पीडा हुन सक्छ भन्ने झल्काउँछ । उक्त गीतको ती दृश्यहरु साँच्चै मन छुने छन । त्यसैले पनि होला, समाजमा पुरुष विरुद्ध हुने गरेका हिंसाका बारेमा खासै चर्चा सुनिँदैन र मान्छेहरु चर्चा गर्न पनि चाहादैनन ।
उक्त गीतको दृश्यहरुमा संसारका चर्चित पुरुष व्यक्तिवहरुले आँसु झारेको दृश्यले पुरुषमाथि पनि हिंसा वा पीडा हुन सक्छ भन्ने झल्काउँछ । उक्त गीतको ती दृश्यहरु साँच्चै मन छुने छन । त्यसैले पनि होला, समाजमा पुरुष विरुद्ध हुने गरेका हिंसाका बारेमा खासै चर्चा सुनिँदैन र मान्छेहरु चर्चा गर्न पनि चाहादैनन । हुनत घरेलु हिंसा पीडित हुने महिलाको तुलनामा पुरुषको संख्या निकै कम होलान तर पनि हिंसा यस्तो विषय हो जसमा तुलना हुनु हुँदैन र तुलना गरिनु पनि हुदैन ।

हिंसा जुन रुप र जुन किसिमले भएता पनि त्यसको निन्दा हुनुपर्छ । महिला हिंसाको समाचार हामी प्रत्येक दिन पत्रपत्रिकामा देख्छौँ तर पुरुष हिंसाको बारेमा खासै चर्चा सुन्न पाईदैन । के पुरुषहरु हिंसाबाट पीडित छैनन् होला त ? अथार्थमा यो पुरुष प्रधान समाजमा तड्पिएर जिवन विताएका सामाजिक प्रतिष्ठा गुमाएर समाजमा वोल्न नसकेर गुम्सिएका पुरुष हिंसा असंख्य छन जो समाजले गिज्याउने विषय वनेर अदालतले नपत्याउने विषय वनेर गुम्सिएर नै रहने छन ।

पुरुष हिंसाको कुरा गरि हाल्न अझै समाजमा हिच्किचाउने लाज मान्ने प्रवृति हटेको छैन । समाजमा पूरुष हिम्सा छ तर समाज र न्यायलयले नपत्याएरै वाहिर आउदैनन  ।
समाजमा पुरुष हिंसाका घटनाले बिस्तारै चर्चा पाउन थाले पनि पुरुष हिंसाको कुरा गरि हाल्न अझै समाजमा हिच्किचाउने लाज मान्ने प्रवृति हटेको छैन । समाजमा पूरुष हिम्सा छ तर समाज र न्यायलयले नपत्याएरै वाहिर आउदैनन, यसो हुनुमा पुरुष प्रधान समाज र पुरुषले आफुलाई मर्द ठान्ने प्रवृत्ति हावी भएसम्म यसता घटना बाहिर आउन गाह्रै हुने देखिन्छ । जबसम्म पुरुष हिंसाका कुरा गर्न हामी धक मान्छौं यस बारेको वादविवाद वहस र बिश्लेषण कसरी सम्भव हुन्छ ?त्यसैले यसतर्फ नि ध्यान दिने हो की ?
Loading...
Share on Google Plus