चर्चित लोक गायक खेमराज गुरुङको निधन

Loading...

वारि जमुना, पारी जमुना' गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको बिहीबार निधन भएको छ । कलेजोमा समस्या भएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार दिउँसो मृत्यु भएको हो । 

'खेमराज दाई अव हाम्रो सामु रहनु भएन, डाक्टरले उहाँको निधन भएको जानकारी गराउनु भएको छ' अस्पतालमै रहेका गुरुङकै जिल्लाबासी  लोक गायक कमलीकान्त भेटवालले कान्तिपुरसंग भने, 'हामीले एक जना होनहार स‌ंगीत साधकलाई गुमाएका छौं ।'

स‌खुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए । उनले गाएको पूवी पहाडको लोकभाका 'वारि जमुना पारि जमुना' एक ताका धेरैको जिब्रोमै झुण्डिने गर्दथ्यो । उनको एक दर्जन एल्वम छन् । 
कान्तिपुर बाट 
Loading...
Share on Google Plus