आजको राशिफल – मिति २०७३ साल भदौ १२ एकादशी तिथी आईतबार

Loading...
मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन पराक्रम गर्नसकिने र सुखद एवम् अनुकूल रहनेछ । शारीरिक स्फुर्ति बढ्ने हुनाले पौरख गर्न सकिनेछ । काममा मनग्य रुचि बढेर आउनाले रोकिएर रहेका काम पूरा गर्न सक्नुहुने छ । महत्त्वपूर्ण काममा सहयोग पनि मिल्नसक्ने छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने छ । व्यवसायिक कामबाट आर्थिक लाभ हुनसक्ने लक्षण प्रतित भइरहेको छ । सहयोगी हातहरु पनि जुट्ने छन् भने मान्छेहरुबाट तपाईँको  क्रियाशिलताको प्रशंसा पनि मिल्नेछ । आज यहाँको लागि तीन अङ्क र हरियो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनेछ भने सूर्यनारायणको स्तुति गर्नु फापकर हुनेछ ।
Image result for rashifalवृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । दुई अङ्क, सेतो रङ्गको प्रयोगको साथमा आज यहाँले सूर्यदेवको भक्तिभाव गर्नु शुभकर हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सुधारात्मक कोल्टे फेरेको छ । ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । सहज दिन परेकाले केही कामकार्य बन्ने र मनोरञ्जन एवम् खुशीयालीप्रद दिन रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नेछ । इष्टमित्रको आगमन हुने र उपाहार मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा वा शेयर आदिको लगानीको अवसर पर्ने पनि सम्भावना छ । समयको सदुपयोग गर्न जानेको खण्डमा आज यहाँलाई पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । भगवान सूर्यनारायणको दर्शन एवं भक्तिभाव शुभफलप्रद हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्षकर प्रतित हुनेछ । हतारि“दा अपव्यय–नोक्सानी नै बढ्ने भएकाले व्यवहारिक कामकार्यमा धैर्यधारण र संयम एवं साबधानी अप्नाउनु बुद्धिमानी हुनेछ । आकस्मिकरुपमा खर्च बढ्ने, काममा दिग्दारी हुनसक्ने, शत्रुहरुले कमजोरी खोज्ने, हतार गर्दा झन खति बढ्नसक्ने छ, संयमित रहनाले र आफ्नो कार्यक्षेत्रमा निस्कामरत् रहनाले आंशिक लाभ हुनसक्ने छ ।चुनौति बढ्नसक्ने सम्भावना रहेपनि आत्मबल नगिराई दृढ रहनाले केही सफलता दिनेछ । आज तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान सूर्यनारायणजीको श्रद्धाभक्ति गर्नु तपाईँको लागि शुभप्रद हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन गोचर ग्रह दाहिना परेको छ । उद्यम व्यवसाय तथा पेशाको उन्नति प्रगति भई राम्रो आयआम्दानी हुनेछ । कसैकसैलाई विना परिश्रमको आम्दानीतर्फ पनि मन आकर्षित हुनसक्ने छ । मनलाई संयम गर्न नसकेमा त्यस्तो कार्यबाट परिणाम पछुतोजन्य हुन सक्नेछ ।  सामान्यतया आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्नेको लागि दिन उपलब्धिमूलक रहनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र व्यवहारिकता निर्वाह गर्न पाइने छ । आफन्तजनको शुभसमाचार सुन्न पाइने छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ । माँ कालीको साथमा सूर्यनारायणको स्तुति गर्नाले भाग्यबृद्धि गर्न मद्दत गर्नेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन औपचारिक मानसम्मानप्रद रहनेछ । नोकरी आदि पेशा र व्यापार व्यवसाय एवम् समाजसेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुनसक्ने छ । उच्चपदस्थ व्यक्तित्त्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । शिक्षा क्षेत्रमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको छ, समयको फाइदा लिनुहोला । यहाँलाई आज एक अंक, रातो रङ्गको उपयोग र देवाधिदेव महादेवको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ ।
तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सामान्यतया आफूभन्दा माथिल्लो तहबाट केही दबाब आउनसक्ने छ । केही मलिनताको पनि प्रत्याभूति हुनसक्ने छ तथापि अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा परिवारिक विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र पवनपुत्र भगवान हनुमानको साथमा सूर्यनारायणको श्रद्धाभक्ति शुभ हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सोँचेजति प्रतिफल पाउनलाई अल्लि कठिन पर्ने खालको छ । काममा बाधा अड्चन तथा अपयशजन्य केही संघर्षको परिस्थितिकाृ सामना गर्नपर्न सक्नेछ । स्वास्थ्यले पनि त्यति साथ नदिनसक्ने छ भने  व्यवहार तथा व्यवसायमा कमिकमजोरी देखिन सक्नेछ । कसैकसैलाई बुद्धिविवेकमा पनि संकिर्णता आउने र समय गुज्रेपछि पछुतो पर्ने हुनसक्ने छ । प्रेमसम्बन्धमा अघि बढिरहेकाहरुले पनि अल्लि सजग हुनपर्ने छ अन्यथा असमझदारीको सम्भावना रहनेछ । शुभेच्छुक तथा आफन्तजनलाई टाढिनबाट रोक्ने अकिल सोँच्नुहोला । संघर्षादि प्रतिकूलतालाई न्यूनिकरण गर्न आज यहाँले सूर्यस्तुति वा सूर्यनमस्कारको साधना गर्नु हितप्रद हुनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने वा प्रेमप्रस्ताव आउनसक्ने सम्भावना छ । विवाहयोग्य युवायुवतीको विवाह प्रस्तावको सम्भावना छ । यात्राको पनि सम्भावना देखिएछ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सकारात्मक वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग र विपरित लिङ्गीलाई उपहार दिनु आदि कार्य फापसिद्ध हुनेछ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन व्यवसायिक प्रगति हुनगइ राम्रोमात्रामा धनार्जन हुने एवम् सन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय मिल्ने छ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग परेको छ । व्यापारीलाई यथेष्ट लाभ हुनसक्ने छ भने उद्यमको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुनगइयथेष्ट आत्मबल बढ्ने छ ।आ“टसाहसले कार्य संपादन गर्नसकिने छ ।  अनुहारमा कान्ति बढ्ने तथा मान्छेहरु आकर्षित हुनेछन् । मनोरम स्थानको यात्रा हुने र प्रेमीबाट प्रेमसुख प्राप्त हुनेछ । गौरवानुभूति  हुने दिन छ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन केही ख्याल पुर्याउन पर्ने समय छ । आत्मप्रशंसाको आसक्ति एवम् विद्वतताको अहं तथा अनाबश्यक फुतिफार्तिले आफैलाई हलुङ्गो बनाउनसक्ने छ । फगतको विषयान्तर चर्चाले आफ्नै कामकार्यमा बाधापुग्ने साथै अन्तिममा पछुतो हुनसक्ने छ । तथापि दैनिक व्यवसाय आदिबाट आंशिक लाभ गर्न सकिने नै छ भने केही बढी परिश्रम तथा संघर्ष पछि पूरा गर्न खोजेको कार्य अघि बढाउन सकिनेछ । आज यहाँको लागि पाँच अङ्क, रातो–सेतो र पहेंलो रङ्गको प्रयोग एवम् भगवान सूर्यनारायणको भक्ति तथा श्रद्धा गर्नु शुभप्रद हुनेछ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आज कामकार्यमा अबरोध र मानसिक अस्थिरता हुनसक्ने दिन परेको छ । सल्लाह गर्न बसेपनि झगडा गरेर उठ्नपर्नसक्ने भएकाले नयाँ भेटघाट तथा कार्ययोजनाको बारेमा प्रस्ताव पेश नगरैकै राम्रो हुनेछ । गोचर प्रतिकूल परेकोले विचारमा संकिर्णता आउने, छरछिमेक तथा संसर्गिसँग वादविवाद हुनसक्ने एवम् कामकार्यमा अबरोध र मानसिक अस्थिरता हुनसक्ने कुरालाई नकार्न सकिन्न । व्यवहारिक ढङ्गबाट धैर्यधारण गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । आज आमा वा आमासमानकी मातृशक्तिको दर्शन भेट तथा सेवा सहयोग गर्नु शुभकर हुनेछ भने सेता रङ्ग र चार अंक पनि फापकर हुनेछ ।
Loading...
Share on Google Plus