.

जीवन शर्मा ले यु ए ई तताउने भए

यु.ए.ई. नेपाली एकता समाज अन्तरगत रक्तिम सांस्कृतिक अभियान युएईले हिन्दु नारीहरुको महान चाड हरितालिका (तिज)को अबशर पारेर आयोजना गरेको ‘’रक्तिम साँझ २०१६’’मा जनगायक जिबन शर्माको नेतृत्वमा रहेको रक्तिमको केन्द्रिय टोलीले युएई तताउने भएको छ ।रक्तिम साँझ २०१६ मा जनगायक जिबन शर्मा सहित रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कलाकारहरुले आफ्नो प्रस्तुति देखाउन युएई आउने भएका छन्| कार्यक्रम एक ऐतिहासिक रुपमा भब्य बनाउनको लागि जनताको मनमा बस्न पुगेका जनगायक जिबन शर्मा सहित रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कलाकारहरु ज्योति फौजा र सुमन रोका २३ अगस्ट २०१६ मंगलबारका दिन युएई आउने भएका हुन् भने साथमा प्रगतिशील पत्रकार नारायण शर्मा पनि आउने युएई नेपाली एकता समाजका अध्यक्ष कृष्ण केसीले जानकारी दिनु भएको छ|

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय टोलीको साथसाथमा रक्तिम सांस्कृतिक अभियान युएईका कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जसको लागि भब्य तयारी गरिरहेको रक्तिम सांस्कृतिक अभियान युएईका अध्यक्ष डम्बर भण्डारीले बताउनु भएको छ |

जनगायक शर्मा सहितको टोलीले बागलुङ सेवा समाज अन्तरगत रश अल खेमाह क्षेत्रिय समिति र दाङ देउखुरी सेवा समाज रश अल खेमाहले संयुक्त रुपमा आयोजना गर्न लागेको तिज बिशेष सांस्कृतिक तथा दरखाने कार्यक्रममा पनि आफ्नो प्रस्तुति देखाउने भएको छ|आउदो शुक्रबार याकी२६ अगस्ट २०१६ का दिन रश अल खेमाह स्थित भेनिस रेस्टुरेन्टमा उक्त टोली तिज बिशेष सांस्कृतिक तथा दर खाने कार्यक्रममा आफ्नो प्रस्तुति देखाउने छन् भने आउदो २ सेप्टेम्बर २०१६ शुक्रबार दिउसो ठिक २ बजे देखि दुबईको परिचित होटेल इम्प्रेयल स्विट होटेलमा रक्तिम सांस्कृतिक अभियान युएईका कलाकारहरुको साथमा जनगायक सहितको टोलीले बेजोड प्रस्तुति देखाउने छन्| कार्यक्रम भब्य र एक ऐतिहासिक तरिकाले सम्पन्न गर्नको लागि समाजका पदाधिकारीहरु तयारीमा जुटेका छन् ।
खिमलाल पाण्डे, यु ए ई

Loading...
Share on Google Plus