मृत मालिकको प्रतिक्षामा अस्पतालमा नै जिवन गुजार्दै एउटा कुकुर, जुन कथाले धेरैलाई भावविह्वल बनायो

Loading...
dogएजेन्सी । कुकुर मानिस पछिको चेतना भएको प्राणी हो । उसले को आफ्नो र को पराई भन्ने सजिलै छुट्याउन सक्छ । कुकुर मालिकप्रति बफादार भएका कैयौँ उदाहरणहरु छन् सम्झनयोग्य तर हालै ब्राजिलको फ्लारियानपोलिस सहरस्थित रुथ कारडोसो नामक अस्पताल बाहिर एउटा कुकुर पछिल्लो ८ महिनादेखि कुरेर बसिरहेको कुकुरको कथा निकै कारुणिक र मन छुने किसिमको छ ।
८ महिनाअघि उक्त अस्पतालमा उसका मालिकलाई आकस्मिक रुपमा एम्बुलेन्समा हालेर ल्याउँदा पछी लागेर आएको कुकुरले आफ्नो मालिकको मृत्यु भएको र अन्त्यष्टि समेत गरिसकिएको पत्तै पाएन । उसले मालिक भित्र छन् र एक दिन फर्किछन् भन्दै कुरी बस्दा बस्दै करिब १ वर्ष हारहारीको समय बितिसकेको छ । र पनि उ अझै त्यहीँ अस्पतालकै प्रांगढमा मालिककै प्रतिक्षामा छ ।
असपतालमा कुनै बिरामी होस वा सामान्य मानिस बाहिर आउँदा उ पछि लागेर मालिक हुन् की भनेर समिपैमा पुग्छ । तर मालिक नभएको ठहर गरेपछि खिन्न बनेर पुरानै ठाउँमा परगेर कुरी बसीरहन्छ । जसको इमान्दारीता देखेर हस्पिटलका कर्मचारीहरु र यो कथा थाहा पाएका सबै भावविह्वल बनिरहेका छन् ।
Loading...
Share on Google Plus