भूकम्प पीडितको नाममा डेढ करोड ठग्ने एनजीओ अध्यक्ष पक्राउ

Loading...
भूकम्प पीडितको नाममा डेढ करोड ठगेको आरोपमा एनजीओ संचालक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबील बुद्धिष्ट जनाअधिकार मञ्चका अध्यक्ष सकुन शेरचन्द र महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरेको हो ।

७० सालमा स्थापना भएको एनजीओको नाममा विभिन्न व्यक्ति तथा संस्थाहरुबाट तीन करोड जम्मा भएको थियो तर, संस्थाका पूर्व पदाधिकारीवीच विवाद भएपछि शेरचन्दले नक्कली सदस्यहरु बनाएर विषेश साधारण सभा गराई कार्यसमितिलाई अवैध बनाएको आरोप लागेकोछ।

उनले चयन गरेको नयाा कार्यसमितिमा सकुन चौधरीलाई महासचिव र लिला लामालाई कोषाध्यक्ष बनाइएको छ । र, उनीहरुको हस्ताक्षर गराएर भूकम्प पीडितको नाममा एक करोड ६७ लाख ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठगीकै लागि अध्यक्ष, महासचिव र कोषध्यक्षको हस्ताक्षर चल्ने गरी प्रभु बैंकमा खाता खोलेको पाइएको छ ।
Loading...
Share on Google Plus