.

मन्त्री भएकै दिन गगन थापाले थाले नयाँ चलन !

काठमाडौं, १० भदौ । पहिलोपटक मन्त्री बनेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले नयाँ चलन भित्र्याएका छन् । यसअघि मन्त्रीहरु पद तथा गोपनियताको सपथ लिएपछि पदभार ग्रहण सिधै मन्त्रालय जाने भएपनि गगन त्यो चलन तोड्दै पहिला आर्शिवाद थाप्न गएका छन् ।

उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर शीतलनिवासबाट सिधै आर्शिबाद थाप्न नेता कृष्णप्रसाद सिटौलाको निवास धुम्बाराही पुगेका थिए । आर्शिवाद थापेपछि मात्रै उनले पदभार ग्रहण गरे । शुक्रवार बिहान स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थापा शीतलनिवासमा शपथ लिएलगत्तै टीका र आर्शिवाद थाप्न सिटौला कहाँ पुगेका हुन् । थापा कांग्रेसको १२ औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्री पदमा चुनाव लडेका थिए । थापा सिटौलाकै सिफारिसमा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् । थापाले जसले मन्त्री बनाएको हो उसकै हातबाट टिका लगाउँदै आर्शिवाद लिएर अग्रजको श्रद्धा र सम्मान गर्ने काम गरेको विश्लेषकहरुको बुझाई छ । dainiknepal
Loading...
Share on Google Plus