.

कतारमा एकता समाज अन्तर्गत महिला बिभागले तिज कार्यक्रम गर्ने

राम प्रसाद पराजुली दोहा कतार

कतार नेपाली एकता समाज अन्तर्गत पर्ने महिला बिभाग ले आउदो २६ अगस्ट २०१६ का दिन सधै जस्तै यो बर्ष पनि महिला हरुको महान चाड हरितालिका तिज बिसेष कार्यकर्म दोहा कतार को ग्रान्ड प्यालेश होटलको ( नेसनल जैदा टावर नजिकै  ) सभा हलमा प्रबासमा रहेका सम्पूर्ण नेपाली दाजु भाइ दिदीबहिनीहरुको बीच धुमधाम सग मनाउने भएको छ

“बुर्जुवा संस्कृतिको विरोध गरौं : समयमा संविधान कार्यान्वयन गर, संघीयता खारेज गर” भन्ने मुख्य विषयलाई प्राथमिकता दिँदै कार्यक्रममा सम्पूर्ण प्रवासमा काम गर्ने श्रमिक दिदीबहिनी तथा दाजुभाइलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

प्रबासमा रहेका श्रमिक नेपाली दिदीबहिनी तथा दाजुभाइहरु बिच सास्कृतिक अनुभुती दिलाउन र आपसी सद्भाव बढाइ प्रबासस्थित कृयाशिल संघसंगठनबीच भाइचारा एबम आपसी सहिष्णुता बढाइ चाडको नाममा हुने बिकृतीलाई हटाउदै प्रगतिशील शैलीमा अभिप्रेरित गर्दै प्रबासमा बिकृती र बिसङ्गतीलाई न्यून पार्दै बिकृतिको जडलाई बुझेर त्यसको चिरफार गर्दै आफैलाई ब्यबहारिक र प्रगतिशिल बाटोमा मोड्दै समाजमा तमाम पिछडिएका महिला बर्गमा चेतनाको प्रशिक्षण दिनु आजको आबश्यक्ता रहेको कुरा भिभागको सचिब सन्जु सुन्दाशले जानकारी  गराउनु भयो   ।  

अनेकौ सपना बोकी  प्रबासीन बाध्य भएका हामी नेपाली हरु बीच आ-आफ्नो बाध्यता र  त्यो  मनमा गुम्सिएका विभिन्न पिडाहरु लाइ  प्रगतिसिल सैली मा गुनगुनाई सबै सामु साटासाट र अविस्मरणीय गराउने विचार ले यस कार्यक्रमको आयोजना गरेको बिभाग कि कोषाध्यक्ष रेनुका चौलागाई ले जानकारी गराउनु भयो  भने वहुसङ्ख्यक महिला दिदिवहिनीहरू कार्यरत रहेको प्रवासी भुमी कतार मा कतार नेपाली एकता समाज अन्तर्गत रहेको महिला बिभागले प्रगतिसिल र् सास्कृतिक  प्रस्तुतीहरू सहित  भव्य तयारी भईरहेको आयोजक टिम तथा महिला बिभाग कि अध्यक्ष अमिना खान ले जानकारी गराउनु भयो  यसै गरि आफ्नो देश मा रोजगारीको अवसर नहुनाले बिदेशिन बाध्य भएका हामी सम्पूर्ण नेपाली हरु ले आफ्नो परिवारको लागि जुन सपना बोकेर आएका छौ त्यो सपना हरु लाइ साकार बनाइ आफ्नो समय र ५०/५५ डिक्ररीको ताप्क्रममा  सरिरको पसिनाको सहि सदुपयोग गरि विसंगति को बाटा हरु मा नलागी आफुलाई
 सधैब एउटा परिबारको असल जिम्मेवारी व्यक्ति बनि समाज र सामाजिक कार्यमा आफ्नो खालि टाइम लाइ सदुपयोग गरि सुमधुर समाज परिबर्तन गर्ने अठोटका साथ् यस्ता कार्यकर्म गरि जनचेतना जगाउने जानकारी गराउनु भयो प्रबासमा रहेर पनि आफ्नो नेपाली पन झल्काउने र आपसी सद्भाव बढाउने सगै प्रबास स्थित संघ सस्थाहरु  बिच भाइचारा तथा आपसी सहिष्णुता बढाइ चाडको नाममा हुने बिकृतीलाई हटाउदै
 प्रगतिशिल शैलिमा अभिप्रेरित गराइ पुराना रुढीबादी पराम्परालाइ तोडदै धर्म सस्कृतीको नाममा महिलामाथी हुने सबैखाले बिभेद र शोषणको अन्त्य गर्दै नयाँ परिवर्तनशिल शैलिमा चाडपर्व मनाउन अभिप्रेरित गराइ प्रबासमा बिकृती र बिसङतिलाइ न्यून पार्दै नेपाली मौलिक कला सास्कृतिकको जगेर्ना गर्न  "बुर्जुवा सस्कृतिको अन्त्य गरौं,प्रगतिशिल तिज कार्यक्रम सफल पारौं ."भन्ने मुल
 नाराका साथ  कतार नेपाली एकता समाज अन्तर्गत महिला बिभागले आयोजना गर्न लागेको महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा नृत्य, नाटक, र रक्तिम अभियानका गितहरु प्रस्तुत हुन गइरहेको हुदा उपस्तिती भै  सब्य र भव्यताका साथ् सफल पारिदिनु हुन  कतार बासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ हार्दिक निमन्त्रणा गरेको छ  !

आयोजक: कतार नेपाली एकता समाज अन्तर्गत महिला
 बिभाग
 स्थान : कतार ग्रान्ड प्यालेस होटेल (नेसनल जैदा टावर
 नजिकै)
मिति : २६-शुक्रबार अगस्ट २०१६
 समय :११:00 बजे बिहान

अध्यक्ष: अमिना खान
 सचिब: सन्जु सुन्दास
Loading...
Share on Google Plus