.

तीन बर्षमा पहिलो पटक रातारात लेखापरीक्षण

युबराज पौडेल, मलेसिया

सामाजिक बिकासमा अति नै अपरिहार्य रहेको शिक्षा, स्वास्थ, खानेपानी जस्ता कार्यमा ब्यस्थापकिय कमजोरी र राजनीतिक दलको प्रभावले निम्ताएको घटनालाई मध्य नजर गर्दै आज हामी शिक्षामा धेरै समय देखि परेको समस्यालाई प्रदेशमा बसेर आफ्नो जीवन निर्वाहको निम्ति अर्काको गुलामी गर्नुपर्ने हाम्रो बाध्यतासगै समाजप्रति चिन्तनशिल हुन सक्यौं।

यसमा हामी खासगरी बिगत देखि नै रहिआएको समस्यालाई आज अल्लि नजीकबाट स्वदेश र प्रदेशमा रहने भुपु बिद्यार्थी  त्यही समाजका जल्दाबल्दा युवा तथा आम नागरिक को संयुक्त सहकार्यमा बिशेष निगरानी गर्दै गर्दा आज हामी अर्घाखाँची जिल्लाको जुकेना गाविस को शिक्षाको भणडार श्री सुधा उच्च माध्यमिक बिधालयमा हाम्रो ध्यान पुग्यो।

त्यहाँ खासगरी बिगत भनौं आर्थिक अनियमितता भएको भन्दै ६ महिना सम्म विद्यार्थीले ताला लगाएको उदाहरण अझै पनि ताजा छ, खासगरी विद्यार्थी बाट टाइबेल्ट किन्नको लागी भनेर केही रकम उठाइएको र त्यस्मा अपारदर्शी गरिएको भन्दै विद्यार्थी स्वम आन्दोलन गर्न बाध्य भएका थिए। छ महिना सम्म बिधालय मा तालाबन्दी भएको अवगत नै छ।

त्यो बेला विद्यार्थी को मागलाई सम्बोधन गर्नको निम्ति मिडिया पत्रपत्रिका बाट समाचार आउन थाले पछि देश तथा बिदेश मा रहेका युबा ले  दबाब मुलक खुल्ला पत्र लेखेका थिए एसै गरि चारै तर्फबाट दबाब आउन थाले पछि बिधालय ब्याबस्थापन समिती राजनीति दल स्थानीय बासिन्दा विद्यार्थी  बिच २०७३ बैशाख पहिलो हप्ता बैठक गरि विद्यार्थीका मागलाइ सम्बोधन गर्ने गरि जेठ मसान्तसम्म लेखापरीक्षण गर्ने सर्तमा बिधालय खुलेको थियो। त्यसै क्रममा तीन वर्ष देखि नै लेखापरीक्षण नै नगरिएको तथ्य भेटिएपछि लेखापरीक्षण गरि विद्यार्थी को माग पूरा गरिदिने आश्वासन दिएपछि विद्यार्थिले अवरोध अन्त्य गरि पढाईलाई निरंतरता दिएका थिए। अन्ततः लेखापरीक्षण को लागि यहि मिति २०७३/१/३०गतेमा निर्णय भयो।
लेखापरीक्षण गर्न सकेन विभिन्न  अवरोध खडा रहयो फेरि पुन बैठक साउन ३१/३२गते दुई दिन बसेयो र दुई दिन बसेको बैठक मा आर्थिक अनियमित भेटिय पछि भदौ १ गते बेलुकी ४ बजे बाट बिहान ४ बजे सम्म रातारात लेखापरीक्षण समिती  र ब्यस्थापन समितिले मात्रै र टुंगो लागाएको भु पु विद्यार्थी माधब बेल्बासे ( मधु सुधन बेल्बासे)ले जानकारी गराएकाछ्न। हामी जिल्ला शिक्षा कार्यालय को यस्तो अवस्थामा जिल्लाको शिक्षा जस्तो गरिमामय पदमा रहेर समाननिय जिल्ला शिक्षा अधिकारीको भुमिका कस्तो हुन्छ पर्ख र हेर मा छौँ। हामीलाई आशा छ एस्तो अवस्थामा जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीली महत्वपूर्ण भूमिका खेल्नेछ। 
Loading...
Share on Google Plus