“हिन्दु” काे अर्थ के हाे ?

Loading...
सुरूमा आर्य नश्लीय समुदायलाई सम्बाेधन गर्ने जातिवाचक शब्द हाे, हिन्दु हिजाे आज याे शब्दले धर्मलाई जनाउन पुगेकाे किनकि याे धर्म मान्ने जाति तिनै आर्यहरू मात्रै छन्  भारतीय उपमहाद्वीपमा बाहुनहरू प्रवेश गर्दा उनीहरूकाे पहिलाे झम्काभेट फारसीहरूसंग भएकाे थियाे बाहुनहरू सिन्धु नदीकाे आसपास बसेकाे हुदाँ उनीहरूलाई सिन्धु भनिन्थ्याे त्यही सिन्धुलाई फारसीहरूले हिन्दु भन्न पुगे किनभने फारसीहरूलेध्वनीलाईभन्थे फारसीहरूकाे माैलिक शब्दमाध्वनी हुदैन
Baldeep Chamling
बलदीप प्रभाश्वर चामलिङ
बाहुन र फारसीहरूकाे सम्बन्ध कटुतापूर्ण थियाे । फारसीहरूले बाहुनहरूलाई मनै पराउदैन थिए । फारसीहरूले बाहुनलाई लुच्चा, फटाहा, भागेर आएका र कमारा भन्थे । पछि हिन्दु भन्ने बित्तिकै फारसीहरूकाे दिमागमा त्याे हिन्दुशब्द बाहुनहरू प्रतिकाे नकरात्मक बिम्ब नै बन्याे । किराँती भन्ने बित्तिकै बाहुनले जंगल-ओडारमा बस्ने र सुगुरकाे शीकार गरिखाने भनेर किराँतकाे अर्थ लगाउन खाेज्छन् । एक जातिले अर्काे जातिलाई हाेच्याउन यस्ताे हर्कत समाजमा भएकै हुन्छ । बाहुनले हाेच्याउनु भन्दा अगाडि नै किराँत शब्द थियाे जसरी बाहुनलाई फारसीले निन्दा गर्नुभन्दा अगाडि नै हिन्दु शब्द थियाे । पछि एक आपस विरूद्ध निन्दा गर्ने क्रममा ती शब्दहरूलाई नकारात्मक सन्देश दिने बिम्ब बनाइयाे ।  मानव विकासक्रममा कुन जति जंगल र ओडारमा बसेनन् हाेला ? बाराक ओबामा, बिल क्लिन्टन, डेभिड क्यामरून, भ्लादमिर पुटिन र छि जिन्पिङकाे पूर्खाहरू सुरूमा सबै जंगल र ओडारमै बसेका हुन् । रूखकाे बाेक्रा लगाएकै हुन् । कन्दमुल र गिट्ठाभ्याकुर खाएकै छुन् । किराफट्याङ्ग्रा र जुनसुकै जीवजन्तु खाएकै हुन् । के बाहुनहरूचाहिँ एकैचाेटी खिर खानथालेका र सिंहदरबार बस्न आइपुगेका हुन् र ?
Loading...
Share on Google Plus