.

अर्घाखाँचीमा सिकार गर्न बोकेको बन्दुक पड्किँदा साथीको मृत्यु

साउन २०
अर्घाखाँचीको सिद्धारा गाविसमा जंगलमा सिकार खेल्न गएका बेला आफ्नै साथीले बोकेको भरुवा बन्दुकको छर्राले लागेर एक जनाको ज्यान गएको छ । सिद्धारा–७ छहरेमा बुधबार राति सिकार खेल्न गएका स्थानीय रुकबहादुर रानाको सँगै गरेका साथी सागर पुनले बोकेको भरुवा बन्दुक पड्कदा छर्राले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन भण्डारीले बताउनुभयो ।

उनीहरु बँदेलको सिकार खेल्नका लागि जंगलमा गएको र बाटोमा हिँड्दै गर्दा चिप्लिएर भरुवा बन्दुक पड्कन गई रुकबहादुरको ज्यान गएको स्थानीय बासिन्दा भीमबहादुर बेल्बासेले जानकारी दिनुभयो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम सन्धिखर्कबाट झण्डै ७५ किलो मिटर टाढा पर्छ ।

उज्यालो बाट 
Loading...
Share on Google Plus