.

अर्घाखाँचीमा ९ वर्षकी बालिकाले गरिन आत्महत्या

अर्घाखाँचीको धनचौर–५ कि ९ वर्षकी एक बालिकाले घरको कोठामा सलले पासो लगाएर आत्महत्या गरेकी छन् । आमा घाँस काट्न गएका बेला बालिकाले आत्महत्या गरेकी हुन् ।

स्थानीय विद्यालयमा कक्षा ३ मा अध्यनरत बालिकाले किन आत्महत्या गरिन् भन्ने पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।

गएको वर्षको साउनदेखि असार मसान्तसम्म अर्घाखाँचीमा ४८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ ।

उज्यालो बाट सभार 
Loading...
Share on Google Plus