.

कृषकलाई पेन्सन यसै वर्ष बाट

कृषि विकास मन्त्री गौरीशंकर चौधरीले चालु आर्थिक वर्षबाटै किसानहरुलाई पेन्सन दिन सुरु गर्ने बताएको छन् । राष्ट्रिय कृषक समूह महासंघले बिहीवार काठमाडौमा गरेको आफ्नो स्वागत कार्यक्रममा कृषि विकास मन्त्री चौधरीले किसानहरुलाई नमुनाको रुपमा चालु आर्थिक वर्षबाटै पेन्सन दिइने बताए ।

किसानहरुलाई पेन्सन दिनका लागि बजेटको व्यवस्था भने गरिएको छैन । अघिल्लो सरकारका कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषकहरुलाई पेन्सन दिने कार्यक्रमका लागि निकै लबिङ गरेपनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका थिए ।

किसानलाई पेन्सन दिने कार्यक्रमको सट्टा आफ्नो जानकारी विना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि बजेट छुट्याइएपछि गजुरेलले सार्वजनिक रुपमै बजेटको आलोचना गरेका थिए ।गजुरेलकै पार्टीबाट कृषि विकास मन्त्रालयको जिम्मेवारी पाएका चौधरीले अलग्गै बजेटको व्यवस्था नभएपनि आफूले नमुनाका रुपमा किसानलाई पेन्सन दिने कार्यक्रम अगाडि बढाउन निर्देशन दिइसकेको बताए ।

उनले शिक्षा र स्वास्थ्यका कार्यक्रमजस्तै किसानलाई पेन्सन दिने कार्यक्रम चालु आर्थिक वर्ष नै कुनै एक/दुई जिल्लाबाट सुरु गरिने बताए ।
Loading...
Share on Google Plus