धार्मिक स्थलहरुको भन्डारले चिनिन्छ अर्घाखाँची

Loading...
राजु खडका
अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दहि चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने बुझिन्छ। यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ।

केही समय अघी ४२ गा बि थिय भने अहिले आएर नगरपालिका ३५ गा बि भएका छन भने फेरी गाउ पालिका मा बिभाजन हुँदै छ। अर्घाखाँची जनसंख्या २००१ मा २०८,३९१ थियो भने १९९१ मा १८०,८८४ थियो तर २०११ मा आएर १९७,६३२ रहेको जसमध्ये ८६,२६६ पुरुष छन भने  १११,३६६ महिला छन।

नेपाल एकिकरण पूर्व वाइसे राज्यहरूको रूपमा रहेका अर्घा खाँची दुई राज्य यस क्षेत्रमा रहेको एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो। एकिकरण पछि अर्घा खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो। २०१८ सालसम्म यो जिल्ला गुल्मी जिल्ला अन्तरगत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रूपमा स्थापित भयो। अर्घाखाँची जिल्लाको कुल क्षेत्रफल ,१९३ वर्ग कि.मि. रहेको छ। अर्घाखाँची जिल्ला को सदरमुकाम सन्धिखर्क हो भने अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ।

अर्घाखाँची जिल्लामा रहेका प्रमुख जातिहरू भनेको बाहुन, क्षेत्री, मगर, कामी, दमाई, सुनार नेवार आदि हुन भने यहाँ खास गरेर नेपाली मगर भाषा प्रयोग गरिन्छ। धार्मिक स्थलहरु को भन्डारले चिनेने अर्घाखाँची जिल्ला का प्रसिद्द धार्मिक स्थलहरु सुपादेउराली को मन्दिर  पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा, मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर(मैदान), छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर, जङ बहादुर बसेको ऐतिहासिक पौवा (बल्कोट) अर्घाकोट(अर्घा), ठाडाको डमरू दह, चुत्राबेसीको शिव मन्दिर, मथुरा को कृष्ण मन्दिर आदी रहेका छन।

अर्घाखाँचीमा पाईने प्रमुख फलहरु भनेको आरु, बखरा, बेलौती, कटहर आदी हुन भने गहु, कोदो, मकै मुख्य बालीहरु हुन।  नेपालको सन्दर्भमा अर्घाखाँची जिल्लालाई सुपा देउराली माई को जिल्ला, सात तले गुफा को जिल्ला, महाभारत लेख को जिल्ला जस्ता अलग अलग को नाम को साथै धार्मिक स्थल को भन्डार को जिल्ला ले समेत प्रसिद्द बिशेष गरी ४२ वटै गा बि मा यातायात गएको नेपाल को पहिलो जिल्ला भनेर पनि चिनिन्छ।

स्रोत - बिभिन्न मिडियाहरु


Loading...
Share on Google Plus