.

नेपाललाई दोष लगाउदै राष्ट्रपतिको भ्रमण स्थगित, रेल र तेलको सपना चकनाचुर !

काठमाडौं, भदौ २२ । अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल यात्रा स्थगित भएको छ ।
image
त्यो आशयको निर्णयले हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको स्रोतले उल्लेख गरेको छ ।
चीनले नेपालका तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिदैं गएको नेपाल सम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्धता नदेखिएको उसको बुझाइसमेत अवगत गराएको छ ।
अब चिनियाँ राष्ट्रपति सी सन् २०१६ भित्र नेपाल आउने सम्भावना टरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा औपचारिक जानकारी आएको पुष्टि गरेको छ ।
यद्यपि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा कुनै जानकारी नआएको प्रतिक्रिया दिए ।
भ्रमण स्थगित गरिनुको तीन कारणः
१. पर्याप्त तयारी अभाव
२.वन बेल्ट वन रोडमा नेपालको प्रतिबद्धता कमजोर
३.केपी ओलीसँग भएका सम्झौता कार्यान्वयनमा गृहकार्य अभाव
–अन्नपूर्ण पोस्ट दैनिकबाट
Loading...
Share on Google Plus