.

सन्धिखर्कका महिलाहरु लाई लोभ देखाएर ठग्ने केशबलाई १२ बर्ष कैद सजाय

सुर्य प्रसाद भुसाल 

प्युठान जिल्ला बाँदिकोट-९ दुबिचौर गहतेरा निबासी ३४  वर्षिय केशब प्रसाद ज्ञबाली मानव ओसारपसारको अभियोगमा ७ बर्ष र मानव बेचबिखन उद्योगको मुद्दामा ५ बर्ष गरि १२ बर्ष कैद भुक्तान को निम्ति शुक्रबार कारागार चलान भएका छन ।

जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाको एकल इजलासले  यस्तो फैसला गरेको हो  । साथै  पचास हजार जरिबाना र दुबै मुद्दामा  पिडितलाई क्षतिपुर्ती समेत दिलाउने फैसला गरेको अदालतका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनु भयो ।

निज ज्ञबालीले सन्धिखर्क १२ भिर्कटेरि घर भैइ सन्धिखर्क २ त्रिबेणिटोलमा डेरागरी बस्ने राधा भन्ने शान्ता खत्रीलाई २ बच्चा सहित बिबाह गर्ने निहुमा ३ महिना सम्म विभिन्न सहरका होटलमा राखी बन्धक बनाई आफ्नो स्वार्थ लिएका ,बालबालिका र निजका गहना लगि बेचेको र होटलको झन्डै ७२ हजारको बिल नतिरी भागी सम्पर्क बिहिन भएको अबस्थामा बुटवल बाट प्रहरीले पक्राउ गरि निजलाई प्रहरी कार्यालय मार्फत सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो  । जिल्ला अदालतले  पुर्पक्षका लागि थुनामा राखी मुद्दा  चलाएको हो।

 निज ज्ञबाली यसअघि बहुबिबाह मुद्दामा १ बर्ष कैद भुक्तान गरेका र विभिन्न ब्यक्तीसंग --- विभिन्न नाममा कहिले शिक्षक, कहिले यातायात ब्यबसायी कहिले बिधुत कर्मचारी भन्दै लाखौं ठगी गरि हिडेका र ६ ,७  वटा महिलाहरुलाई अलपत्र पारेको भन्ने बुझिएको थियोे । 

निजले कारागारमा बसेर ७० दिनमा पुनराबेदन गर्न पाइने ब्यबस्था रहेको नायब सुब्बा नारायण बहादुर भट्टराईले बताउनु भयो ।

Loading...
Share on Google Plus