.

दु:खद खबर!घर छोडेको दुई हप्तामा फर्कियो रातो बाकसमा शव

घर छोडेर परदेश हिंडेका युवा कहिले घर आँगनमा टेक्लान ? ६ महिना, एक वर्ष वा दुई वर्ष ।तर रुपन्देहीका एक युवा युएई आएको दुई हप्तामै घर फर्किएका छन । तर उनी विदेशिदा बोकेका सपना पूरा गरेर भने घर फर्किएका होइनन् । घरबाट परदेश हिँडेको १४ दिनमै घरको आँगनमा शवको बाकस पुगेपछि अहिले रुपन्देहीको ढेकावार २ केरवानी चौराह चोक पूरै शोकमा डुबेको छ । उहाँको शव मंगलवार राती घर पुर्‍याइएको हो । 


पर्यटक भिसामा युएई आएका रुपन्देही केरवानीका दिपेश सुनारको यहाँ आएको ४ दिनमै ज्यान गएको थियो । गएको भदौ १० गते शुक्रबार विहान हृदयघातका कारण सुनारको ज्यान गएको हो ।

कामका लागि यसअघि उहाँ झण्डै दुई वर्ष रसिया बसेर फर्कनुभएको थियो । चार महिना अघि बुवाको निधन भएपछि उहाँ नेपाल फर्कनुभयो । २४ वर्षिय सुनार बाबुको काजकीरिया सकेर दुबईमै कार्यरत साथी हेम गुरुङको सहयोगमा एक लाख रुपैयाँ खर्च गरेर भिजिट भिसमा गएको भदौ ७ दुवई आउनुभएको थियो ।उहाँ आफैंले रोजेको काम गर्ने र परिवारको गर्जो टार्ने सपना यहाँ आएको चार रातमै टुटेको छ । साढे तीन महिनाको गर्भवती श्रीमती, आमा र एक छोरा छोडेर परदेशिएका उहाँको ज्यान गएसँगै परिवारको विचल्ली भएको छ । कमाएर ल्याउने घरको एउटा छोरा त्यो पनि परदेश गएको चार दिनमा ज्यान गुमाएपछि परिवारको विचल्ली भएको स्थानीय सञ्चारकर्मी यम रानाले जानकारी दिनुभयो ।

Loading...
Share on Google Plus