.

लोक गायिका मुना थापा मगरले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने

शनिबार, ०१ असोज २०७३
लोक गायिका मुना थापा मगरले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने भएकी छिन् । असोज ८, ९ र १० गते हुने अधिवेशनमा उनले आफु केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेकी हुन् । चर्चा र लोकप्रीयता बटुलीरहेकी गायिका मुनाले प्रतिष्ठानलाई शसक्त रुपमा अघि बढाउनका आफुलाई केन्द्रिय सदस्यमा मत दिन आग्रह गरेकी छिन् । उनले प्रतिष्ठानको जिल्ला, अञ्चल, क्षेत्रीय, उपत्यका र अन्र्तराष्ट्रिय कार्य समितिका सदस्यहरुसँग फेसबुकबाट भोट मागेकी हुन् । प्रतिष्ठानका कमीकमजोरीलाई सुधार्दै संगठनलाई अझै बलियो बनाउन आफुलाई जिताउन उनले आग्रह गरेकी हुन् । सयौँ गीत गाइसकेकी मुना, लोक तथा दोहोरी संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल छिन् ।
Loading...
Share on Google Plus