.

युवतीले युवकको घाँटीमा डोरी बाँधेर कुकुर बनाइन्

चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा अनौठो दृश्य देखिएको छ । फुजियानको राजधानी फुझौको सडकमा एक युवतीले युवकलाई कुकुरलाई जस्तै डोर्‍याएको दृश्यले लगभग सबै यात्रुको ध्यानाकर्षण गर्‍यो । निकै व्यस्त सडकमा ती युवतीले घाँटीमा डोरी बाँधिएको र चार हात खुट्टा टेक्दै कुकुर जसरी हिँडिरहेको युवकलाई डोर्‍याएको दृश्यले सबैलाई यति अचम्भित बनायो कि सडकमा हिँड्ने मानिस तथा सवारी चालकले समेत रोकिएर फोटो खिचे । 

प्रत्यक्षदर्शीका अनुसार ती युवतीले बेला बेलामा ती युवकको टाउकोमा पिट्दै छिटो हिँड्न निर्देशन दिँदै थिइन् । उनले सडकमा आफ्नो हर्कत हेरिरहेकालाई ती युवक आफ्नो कुकुर भएको बताइन् । एउटा सपिङ सेन्टर अगाडि पुगेपछि ती युवतीले पुरुषलाई बाँधिएको डोरी फुकाइन् र दुबै एउटा सपिङ्ग सेन्टरमा अलप भए । चीनियाँ सामाजिक सञ्जाल विबोमा यी दुईबिचको सम्बन्ध के हुन सक्ला भन्ने चर्चा चलेको छ । 
उज्यालो बाट 
Loading...
Share on Google Plus