अमेरिकी ज्योतिषको भविष्यवाणीः अक्टोबर २ साँझ ६ बजे संसारको अन्त्य (भिडियाे सहित )

Loading...
अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक चर्चित सन्त ज्योतिष हेरोल्ड क्याम्पिङले यो वर्षको अक्टोबर २ तारिखमा संसारको अन्त्य हुने दावी गरेका छन् ।

अक्टोबर २ को साँझ ६ बजे संसारको अन्त्य हुने उनको भनाइ छ । उनको भनाइ अनुसार त्यतिबेला संसारको २ प्रतिशत जनसंख्या तत्काल स्वर्गवासी हुनेछ भने बाँकी अन्य कुनै स्थानमा पुग्नेछन् ।

पूर्व इन्जिनियर समेत रहेका ८९ वर्षीय क्याम्पिङले प्रत्येक दिन आफ्नो भविष्यवाणी रेडियो नेटवर्कको माध्यमबाट गर्ने गर्छन् ।यो रेडियो धार्मिक ब्रोडकास्टिङ संगठनले श्रोताको दान दातब्यको माध्यमबाट सञ्चालन गर्ने गर्छ । ७० वर्ष सम्म बाइबलको अध्यन गरेका सन्त हेरोल्ड क्याम्पिङले आफ्नो विशेष गणित विकाश गरेर भविष्यवाणी गर्दै आएका छन् ।

जिसस क्राइस्ट सुलीमा चढेको दिन देखि ७ लाख २२ हजार ५०० दिनपछि पृथ्वीको अन्त्य हुने तय रहेको दावी गर्दै उनले यो संख्या महत्वपूर्ण भएको बताएका छन् । बाइबलमा ५, १० र १७ लाई पवित्र तीन अंक मानिएको छ । यसको गुणनफलबाट आउने अंकलाई झनै महत्वपूर्ण मानिन्छ ।

सन्त हेरोल्ड क्याम्पिङले हैटी, जापान र नेपालमा आएको भूकम्पलाई समेत यो प्रलयको पूर्व संकेतकोरुपमा दावी गरेका छन् ।

हेर्नुस् भिडियोः
सन् १९९४ को सेप्टेम्बर ६ मा पनि संसारको अन्त्य हुने बताएका हेरोल्ड क्याम्पिङले पछि गणितको हिसावमा गलती भएको भन्दै भविष्यवाणी सच्चाएका थिए । अहिले यो हिसाव सही सावित हुने दावी गरिएको छ ।

श्रोत : नेपाली हेडलाइन
Loading...
Share on Google Plus