.

ढिडो, गुन्द्रुक, चकटी केही परिवर्तन भएन - समतेन लामा

ऐतिहासिक जनआन्दोलन मार्फत लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु गरि देश युद्वबाट होइन कानुनी नियम र कानुनी राज्यबाट चलाउनुपर्छ भन्ने कुरामा दुइमत छैन।राष्ट्रिय अखण्डता,राष्ट्रिय एकता,राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानलाइ शिरमा राखी देश र जनताको हकहित र सुरक्षा गर्छौ भन्ने धेरै राजनैतिक दलहरु धेरै हदसम्म परिवर्तन भएको देखिन्छ।त्यसमध्ये माओवादी बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था,नागरिक स्वतन्त्रता,मौलिक अधिकार जस्ता कानुनी राज्यको अवधारणालाइ मध्यनजर गर्दै २०५२ सालदेखि चल्दै आएको सशस्त्र द्वन्द्वलाइ अन्त्य गरि राज्यसंग शान्तिपूर्ण सहकार्यको नयाँ अध्याय प्रारम्भ गर्दै तत्कालिन माओवादीले युद्वबिरामको घोषणा गर्दै यसलाइ दीर्घकालिन शान्तिमा परिणत गर्ने प्रतिबद्वताका साथ नेपाल सरकारसंग विस्तृत शान्ति सम्झौता गरे।साथमा ऐतिहासिक जनआन्दोलन मार्फत लोकतन्त्र,शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै सात राजनैतिक दल र तत्कालिन नेकपा माओवादी बीच सम्पन्न समझदारी बाह्र बुद्वे,आठ बुद्वे सहमति,संयुक्त राष्ट्र संघलाइ पठाएको पाँच बुद्वे पत्र,नेपाल सरकारसंग भएको पच्चीस बुद्वे  आचारसिंहिताहरुमा हस्ताक्षर,सम्झौता,सहमति गर्दै देशमा विद्यमान वर्गीय,जातीय,क्षेत्रीय,लैगिक समस्यालाइ समाधान गर्ने प्रतिबद्वता समेत गरे।जुन देशको लागि सहि कदम थियो।

जव देशमा विस्तृत शान्ति सम्झौता भयो तव जनताको मनमा अलिकति शान्तिको दियो बल्छ भन्ने आशा पलाएको थियो।देश बिकास र संमृद्वीको आशा थियो।झन द्वन्दकालमा विस्थापित भएका परिवार,वेपत्ता परिवार,सहिद परिवारले त माओवादीबाट धेरै कुराको आशा गर्नु स्वभाविकै नै हो।कतिलाइ आफ्नो परिवार सदस्यको लास भए पनि भेटिन्छ भन्ने थियो।युद्वबिराम र शान्ति सम्झौता पछि कैयौ विधुवा दिदीबहिनी धित मरुन्जेल रुन पाए।द्वनदकालमा  रुन  सम्म  खुलेर सकेनन।   काख रित्तिएकाहरुले पनि माओवादीमाथि ठूलो आशा राखेका थिए।जे गर्छ माओवादीले गर्छ भनि जनयुद्वमा भुमिगत कमरेड डाक्टर बाबुराम भट्टराइ र कमरेड प्रचण्डलाइ पनि जनताले देशकाे  प्रधानमन्त्री बनाएका हुन्। अझ धेरैले  उहाहरुलाइ भगवान नै सोचे ,तर बिडम्बना भन्नैपर्छ सामन्तवादका सबै रुपहरुको अन्त्य  गर्ने आर्थिक,सामाजिक रुपान्तरणको न्युनतम साझा कार्यक्रम लागु गर्नुपर्ने थियो।यी त सबै माओवादी मुख्य नेताहरु र तिनका घरपरिवार आफन्तहरुमा मात्र सिमित रह्यो।दश बर्ष वर्गीय उत्थान र समाजको आर्थिक विभेदको खाडल पुर्नुपर्छ भनि लागेका जनता जो माओवादी कार्यकर्ता,जाे जबरजस्ति लडाकु काे पगरी  गुथाईयाे उनीहरुको घर त साउने झरिमा अझै पनि चुहिदैछ तर  नेता ज्यु !हिजोको ढिडो, गुन्द्रुक,त्यही चकटी पनि परिवर्तन भएन त किन?उनीहरुले बोकेका धुलाम्मे झोला र पटपट फुटेको पैताला उस्तै छ।तर नेताहरुको ठूल्ठूला बङगाला,कार र बैक ब्यालेन्समा ठुरै वर्गीय उत्थान भयो।के यहि थियो जनवादी क्रान्ति ??के यही हो देशमा लोकतन्त्र गणतन्त्र आएको भनेको??नेपाली जनताको घरघरमा शान्ति आउनु पर्दैन??प्रत्यक नागरिकले सुरक्षाको अनुभुति गर्नु पर्दैन?झन पुर्व लडाकुहरुलाइ अझै पनि समाजमा नराम्रो ब्यवहार गरिन्छ।के उनले समाजमा सम्मान र समान हैसियत बनाउन पाउदैन?

द्वन्दको क्रममा विस्थापन भएका परिवार,नष्ट भएको पुर्वाधारहरु निर्माण गर्न पुर्ण रुपमा नसके पनि कम्तीमा हिजोका दिनमा ज्यान बलिदान दिन चाहने हालको माओवादी पुर्व लडाकुहरुलाइ व्यवस्थापन सरकारले गर्नुपर्छ।सेना समायोजनमा अयोग्य ठहरिएकाहरु पाँच लाख सात लाख लिइ त्यही रकम सरकारलाइ तिरि खाडीमा 60° चर्को घाममा पसिना बगाउदैछन्।तर मेटिएको छैन तिनको हात गोडा र पुरै शरीरमा लागेका गोली,बम,बारुद र छर्राको खतहरु!!!अझ कतिजना त यहि चिनारीले बिदेश काम गर्न सम्म जान सकेनन र आज देशमा चरम बेरोजगारीको शिकार भएका छन अाखिर परिवार पाल्नैपर्छ।

हातमा सीप छैन । पढ्ने उमेर मा बुर्जुवा सिक्षा बहिस्कार गरिनु पर्छ भन्ने भ्रम फैलायर बन्दुक थमाईयाे ,   त्यही दयनीय अवस्थाका कारण  बस्न नसकी पछिल्लो समय उनीहरु लुटपाट,चोरी,चन्दा  असुली र अन्य अपराधिक कार्यमा सङ्लग्न हुदै अाईरहेकाे प्रमाण हाम्रा सामु प्रसस्तै छन ,।हिजै मात्र काठमाण्डौको विभिन्न विद्यालयहरुमा बम राख्ने र शैक्षिक क्षेत्र लाई अातङ्कित पार्ने हरु  पुर्व लडाकुहरु नै रहेकाे सुन्नमा अायाे  ।को हुन ती योङ कम्युनिष्ट फोर्स अर्थात वाइसिएल?को हुन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र??यी सबै भनेको हिजो जनता मारेर जनवादी व्यवस्था ल्याउछौ भन्ने र आज विद्यार्थी मारेर बिद्यार्थीको हकहितका निम्ति आवाज उठाउछौ भन्ने र बम बारुदले मान्छे मारेर क्रान्ति सफल पार्छौ भन्नेहरुकै भातृ संगठन हुन्।अथवा भनौ।शिक्षा क्षेत्रको असमानता हटाउने भन्दै बुर्जुवा शिक्षाको बिरोध गर्दै विद्यालय जलाउने,मास्टर मार्ने र विद्यार्थीलाइ बन्दुक बोकाउने र जनवादी शिक्षाको आशा देखाउनेहरु यहि बुर्जुवा शिक्षाको ज्ञानको कमिले आज देशको गहना,सम्पति,भबिष्यका कर्णधार मात्र होइन आजको साझेदार मानिने कलिला बालबालिका विद्यार्थी माथि प्रहार गरिहेका छन्।होलान तिनका जायज मागहरु पनि।गरिव विद्यार्थीहरुको पक्षमै थिए कति मागहरु।त्यसलाइ निजि विद्यालयको संगठनहरुसंग वार्ता र छलफलबाट समाधान गर्न सकिन्थ्यो तर किन बालबालिकामाथि प्रहार?यसले उनीहरुको शिक्षा आर्जन गर्ने बाल मस्तिष्कमा नराम्रो प्रभाव पर्छ भन्ने हेक्का कसले राख्ने ? ।बम र बारुदकै खेती र देशमा अस्थिरता र कोलहाल राजनिति चाहेको हो भने  अाइन्दा बुर्जुवा शिक्षाको बिरोध गर्ने तर आफ्नो सन्तान बिदेश पढ्न पठाउने नेताहरुको दैलो दैलोमा बम राख।विद्यालयमा होइन।  आज अपराधको दलदलमा फस्दैछौ।यी सबैको व्यवस्थापन र विद्यार्थीको जिउधनको सुरक्षाको ग्यारेन्टी सरकारले लिईयोस।ती अपराधीले यता केही विद्यार्थी संगठन आफुले आर्जन गरेको शिक्षाको प्रमाणपत्र धितो राखेर आवश्यकता परे ऋण लिएर व्यवसाय गर्न सक्ने व्यवस्था गरि लोन लिई छोराछोरी पढाउने आमाबुबालाइ भिखारी हुनबाट बचाउने नयाँ सिर्जनशील.....निरन्तर 
समतेन लामा - काभ्रे, हाल साईप्रस 
Loading...
Share on Google Plus