दुई सय वर्ष अघिदेखि चल्दै आएको (कन्दापारा बेश्यालय):जहाँ यौन प्यास मेटाउन लाखौं आउँछन्

दुई सय वर्ष पुरानो बंगलादेशको टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय । यो बंगलादेशकै दोस्रो ठुलो वेश्यालय पनि हो । हामीले बुझे अनुसार मुस्लिम देशहरुमा यौन सम्पर्कलाई खुला रुपमा नलिई र त्यहा यौनजन्य त्रियाकलापलाई अत्यन्तै कडा रुपले लिने गर्दछौं ।तर, बंगलादेश विश्वकै त्यस्तो मुस्लिम देशहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी रुपमै मान्यता दिइएको छ ।
sex-2
उक्त (कन्दापारा बेश्यालय) दुई सय वर्ष अघि देखि चल्दै आइरहेको यो वेश्यालय सन् २०१४ मा बन्द भएको थियो । तर पछि त्याहाकै स्थानिय एन्जीओको सहयोगमा यो वेश्यालयलाई पुन सञ्चालनमा ल्याइएको थियो । धेरै महिलाहरु त्यही वेश्यालयमा जन्मिन्छन र त्यही हुर्किन्छन् । तर जब उनीहरु त्याहावाट हराउँछन् तब यो कुरा कसैलाई थाहा नै हुदैन ।
विदेशी सञ्चार माध्यममा उल्लेख भए अनुसार जब नयाँ केटिहरु बेश्यालयमा आउछन् तब ती किशोरीहरुलाई ‘बोन्ड गर्ल’ भन्ने गरीन्छ । उनीहरु प्राय १२ देखि १४ वर्ष बिचका हुन्छन् । ती किशोरीहरु प्राय गरी गरिब परिवारबाट आउने गर्छन् । ती मध्येका धेरैजना बेचबिखनको शिकार भएका हुन्छन् ।
उनीहरुलाई त्यहा ल्याउदा किनेको पैसा नउठाएसम्म उनिहरु स्वतन्त्र हुन पाउदैनन् र पैसा चुत्ता भएपछि मात्रा उनिहरुले त्यो ठाउ छोड्न पाउने चलन छ । त्यो पैसा चुत्ता गर्नलाई कम्तिमा पनि एक देखि पाच वर्षसम्म लाग्ने गरेको मिडियाहरुमा खुल्न आएको छ ।
ती अबोध बालीकाहरु (कन्दापारा बेश्यालय) छाडेर जाने बेलामा धेरै समस्याहरु आउने गरेको पाइएको छ । समाजमा उनिहरुलाइ हेपार्ईको दृष्टिले हेरिने भएकोले स्वतन्त्र भइसकेपछि पनि त्यही वस्नुपर्ने बाध्यता रहन्छ । त्यहिबाट परिबारसगं सम्पर्क गरी परिवारलाई आर्थिक सहयोग गर्छन् । बगंलादेशमा सार्बजनिक ठाउमा केटाहरुले केटिको साथमा हिड्न नमिल्ने व्यवस्था छ । तर यो बेश्यालय भित्र त्यस्ता कुनै कानुन हुदैन जसले गर्दा यो बेश्यालय दुई सय बर्ष देखि निरन्तर चल्दै आईरहेको छ ।
सन् २०१४ मा (कन्दापारा बेश्यालय)बन्द पनि भएको थियो । तर त्याहा काम गर्ने महिलाहरुले प्रर्दशन गरेका थिए । तैपनि त्याहाको सरकारले गैरकानुनी भन्दै रोक लगाएको थियो र सबै वेश्याबृत्तिमा लागेका महिलाहरुलाई घर फर्कन अनुरोध समेत गरीएको थियो । उक्त वेश्यालयको वरिपरि २ मिटर अग्लो पर्खाल लगाइएको छ । बेश्यालय जाने साना बाटोहरुमा खानाका स्टलहरु र चिया पसलहरु रहेका छन् । त्यहाँको नियम कानुन नै फरक छ जुन हामिले बाहिर देख्न पाउने छैनौ ।
sor
Loading...
Share on Google Plus