कान्ति अस्पताल पुगेका स्वास्थ्यमन्त्रीले सोधे- पैसा नभएकालाई उपचार गर्ने पद्धति के छ ?

Loading...
Gagan_Thapa,in_Kanti_Bal_Hospital२८ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले मंगलबार कान्ति बाल अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री थापाले अस्पतालको वस्तुअवस्थाबारे जानकारी लिए भने अस्पतालका पदाधिकारीले अस्पतालको अवस्था तथा कार्ययोजनाबारे जानकारी गराएका छन् ।
अस्पतालका निर्देशक डा. अजित रायमाझीले अस्पतालमा ३ सय बेड रहे पनि अपर्याप्त भएको बताए । अस्पतालमा थप २ सय बेड आवश्यक रहेको उनले सुनाए ।
निर्देशक डा. रायमाझीको ब्रिफिङ सुनेपछि स्वास्थ्यमन्त्री थापाले प्रश्न गरे, ‘कोही पैसा नभएको अस्पताल आउँछ भने उसलाई उपचार गर्ने पद्धति के छ ?’
‘तपाईहरुले अस्पतालबारे राम्रो जानकारी त दिनुभयो । तर, यस अस्पतालमा आएका विरामीले उपचार नपाएर फर्कनु परेको कति घटना छ ? त्यसबारे केही जानकारी संकलन गर्ने प्रयास भएको छ ? भन्दै मन्त्री थापाले व्यंग्य मिश्रित प्रश्न गरे ।
उनले यसलाई उच्च प्राथमिकताका साथ आफ्ना कार्यक्रममा राख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । साथै कान्ति बाल अस्पतालमा सेवा नपाएर विभिन्न निजी अस्पताल जानु परेको तथा अस्पतालबाट विना उपचार फर्कनु परेको विरामीको ‘लिस्ट’ दिन पनि स्वास्थ्यमन्त्री थापाले अस्पताललाई निर्देशन दिएका छन् ।
सूचना डेस्क राख्न निर्देशन
अस्पतालमा आउने कयौं विरामी सही सूचना नपाएरै समस्यामा पर्ने गरेको भन्दै अस्पतालमा के कति सुविधा पाइन्छ भनेर जानकारी दिन सूचना डेस्क राख्न निर्देशन दिएका छन् । सरसफाइमा ध्यान दिन आग्रह गर्दै उनले भनेका छन्, ‘सरसफाई, सूचना डेस्क यस्ता कुरा हुन्, जो कम स्रोत साधनमा पनि तुरुन्तै गर्न सकिने सुधार हुन् ।’
केन्द्रीय बाल अस्पताल भएरपनि इमर्जेन्सी सेवा व्यवस्थित नभएको भन्दै स्वास्थ्यमन्त्री थापाले अबको एकसय दिनभित्र सुधार गरिसक्न निर्देशन दिएका छन् ।
Loading...
Share on Google Plus